धादिङबेँशी–सुनौलाबजार–फोर्सेटार सहित सवारी सञ्चालनकालागि चार अस्थायी रुट कायम

धादिङबेसी, १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि धादिङबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालनका लागि चारवटा सडकलाई अस्थायी रुट कायम गर्ने निर्णय गरिएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले विपद्का कारण अवरुद्ध यातायातलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
परेवाटार–आदमटार–बेलिनटार–मासटार, धादिङबेसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोर्सेटार–कल्लेरी, धादिङबेसी–भुलभुले–पात्ले–फ्याक्से,स्यालडाँडा–डाँडागाउँ–कोसीखोला–फोस्रेटार सडकलाई अस्थायी यातायात रुट कायम गरेको हो ।
समितिले यी तीन सडकसँगै धादिङबेसी–टारिबेसी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने सडकलाई पनि अस्थायी यातायात रुट कायम गरेको छ ।
ती मध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले, – कोशीखोला–फोर्सेटार–कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ । कूल ३६ किलोमिटर सो सडकका केही स्थानमा पिच रहेको छ, केही स्थानमा स्तरोन्नतिका क्रममा रहेको छ । सांसद बोधनारायण श्रेष्ठ र नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्मा सहितको टोलीले यो सडकको अवस्थाका बारेमा भदौं ११ गते स्थलगत अनुगमन समेत गर्नुभएको थियो ।
बैठकले सवारी तथा व्यवस्थापन ऐन,२०४९ को दफा १५५ उपदफा ख तथा प्रदेश यातायात व्यवस्थापन ऐन २०७५ बमोजिम उक्त सडकहरुलाई अस्थायी रुट कायम गरिएको हो ।
ती रुट सञ्चालनयोग्य बनाउन तीनवटा सरकारी कार्यालयलाई सडक स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारीसमेत तोकिएको छ ।
बैठकले परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सडक डिभिजन नुवाकोटले गर्ने निर्णय गरेको छ । त्यस्तै धादिङबेसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोर्सेटार–कल्लेरीटार सडकको मर्मत तथा स्तरोन्नतिको जिम्मेवारी पूर्वाधार विकास कार्यालय धादिङलाई दिइएको छ ।
धादिङबेसी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोसीखोला–फोसे्रटार सडकको स्तरोन्नति र आकस्मिक मर्मत सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले यथाशीघ्र गर्ने निर्णय भएको छ ।
बाढीका कारण धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि यातायात सेवा सहज बनाउन वैकल्पिक सडकलाई अस्थायी रुटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको बैठकमा उपस्थित नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक बिश्वकर्माले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २०, शनिबार १८:३८भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २०, शनिबार १२:२३‘गौँथली’ ले मनायो प्रदर्शनको ५१औँ दिन » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २०, शनिबार १२:०८१ हजार ३ सय ४२ जनाको शव फेला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १९, शुक्रबार २१:५५‘अक्षरा’को ट्रेलरमा जबर्जस्ती विवाहको कथा, निर्माताको आम्दानीको १० प्रतिशत कोषमा








