साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

धादिङबेशी,१८ भदौ । भदौ १० गते भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीका कारण सडक अवरुद्ध भई आपूर्ति व्यवस्थामा समस्या देखिए पनि धादिङबेशीमा नुन र चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, धादिङले नियमित बिक्री वितरणको व्यवस्था मिलाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धादिङका कार्यालय प्रमुख दिपेन्द्र विक्रम थापाका अनुसार उपभोक्तालाई सहज रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले नुन साविककै मूल्यमा (पाकेटको २६ रुपैया) र चिनी प्रतिकिलो रु ११५ का दरले बिक्री वितरण भइरहेको छ।

कर्पोरेशनले धादिङबेशीको पुछारबजारदेखि सिरानबजारसम्म रहेका आफ्ना आधिकारिक डिलरमार्फत नुन तथा चिनी उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ।

उपभोक्ताले पुछारबजारस्थित मण्डली स्टोर, सिरानबजारस्थित अ.आ. इन्टरप्राइजेज र  त्रिवेणीचोक स्थित भैरवी ट्रेड (लिला किराना स्टोर)बाट नुन तथा चिनी खरिद गर्न सक्ने कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो।

बाढीका कारण सडक तथा ढुवानी प्रणाली प्रभावित भएपछि बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्तिबारे उपभोक्तामा चिन्ता बढेको अवस्थामा कर्पोरेशनले नियमित बिक्री वितरण जारी रहने जनाएको हो।

कार्यालय प्रमुख थापाले नुन तथा चिनी अभाव हुने हल्ला वा आशङ्काका आधारमा अनावश्यक रूपमा बढी परिमाणमा खरिद तथा सञ्चय नगर्न आग्रह गर्नुभएको छ।

उहाँले बजारमा आपूर्ति व्यवस्थापन भइरहेको भन्दै उपभोक्तालाई आफ्नो आवश्यकताअनुसार मात्र नुन तथा चिनी खरिद गर्न समेत अनुरोध गर्नुभएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  रसुवा बाढीले खोस्यो जीवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   6   =