‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने

पोखरा ।
दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । आगामी भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।
करिब ४५ टीमको सहभागीता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दोस्रो हुनेले नगद ३३ हजार ३ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी अनुशासित खेल प्रदर्शन गर्ने टीमलाई नगद ११ हजार १ सय ११ सहित फेयर प्ले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तेजेन्द्र दाहालले जानकारी दिए ।
दाहालका अनुसार ब्याक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद, ट्रफी र प्रमाणपत्र द्धारा पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागीका लागि टिम दर्ता शुल्क ५ हजार लाग्ने छ ।
यो प्रतियोगिता खेलकुदमा मात्र सीमित नरही यसको मुख्य उद्देश्य सामाजिक सेवा तथा परोपकार रहेको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले बताए । गुरुङका अनुसार प्रतियोगिताबाट बचत हुने रकम समाजका फरक क्षमता भएका व्यक्तिहरू, क्यान्सर (अंकोलोजिस्ट) पीडित तथा जेहेन्दार एवम् विपन्न विद्यार्थीहरूको सहयोगार्थ खर्च गरिने छ । साथै, संस्थाको आर्थिक कोष मजबुत बनाई स्थानीय स्तरमा मानव सेवा आश्रममा भोजन, शैक्षिक सामग्री वितरण तथा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने समूहको भावी योजना रहेको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका मुख्य प्रायोजक तथा सल्लाहकार बिनिता थापा, सह प्रायोजक तथा राम बजार हङकङका संस्थापक रक्षा गुरुङले प्रतियोगिताको सफलताको कामना गरे । कार्यक्रम सञ्चालक समुहका सचिव थमन बहादुर थापाले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22512, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२६भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२५‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने
समाचार२०८३ भाद्र १७, बुधबार २०:५९भोटेकोशी बाढी पीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्धारा राहत संकलन शुरु
समाचार२०८३ भाद्र १७, बुधबार १२:११रसुवा बाढीले खोस्यो जीवन







