‘बाकस’मा महेश त्रिपाठी मुख्य भूमिकामा » Celebrity Nepal

‘बाकस’मा महेश त्रिपाठी मुख्य भूमिकामा » Celebrity Nepal

अभिनेत्री बिपना थापा र वर्षा राउत फिल्मका मुख्य भूमिकाका लागि अनुबन्ध भइसकेका छन्।


काठमाडौँ । नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बाकस’ मा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा देखिने भएका छन्। निर्माण पक्षले आइतबार त्रिपाठीलाई फिल्मका लागि औपचारिक रूपमा अनुबन्ध गरेको हो।

महेशको प्रवेशसँगै फिल्मको प्रमुख कलाकारको लाइनअप थप बलियो बनेको छ। यसअघि नै अभिनेत्री बिपना थापा र वर्षा राउत फिल्मका मुख्य भूमिकाका लागि अनुबन्ध भइसकेका छन्।

सुजिता चौलागाईंको निर्माणमा बन्ने फिल्ममा छत्र बहादुर खड्का सहनिर्माता तथा धर्मेन्द्र पन्त कार्यकारी निर्माता छन्। फिल्मको संगीतमा दीपक शर्मा र सनम पुरुष राईले सहकार्य गर्नेछन्। गीतका शब्द दीपक शर्मा र निर्देशक नवीन पन्तले तयार पार्नेछन्। द्वन्द निर्देशन किरण दाहालको रहनेछ।

फिल्मका बाँकी कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको निर्देशक पन्तले जानकारी दिए। उनका अनुसार अधिकांश कलाकार तथा प्राविधिकसँगको कुराकानी सकारात्मक रूपमा अघि बढिरहेको छ।

पिके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘बाकस’ ले वैदेशिक रोजगारीसँग जोडिएको सामाजिक विषयवस्तुलाई कथाको केन्द्रमा राख्ने निर्माण पक्षले जनाएको छ। फिल्मको पूर्वतयारी तीव्र रूपमा अघि बढिरहेको छ भने आगामी दशैँलगत्तै छायांकन सुरु गर्ने तयारी गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘कालमाण्डू’को ‘राधा’ गीत सार्वजनिक » Celebrity Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   7   =