जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल

कैलाली, १ असोज । कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।
जिल्लामा जापानिज इन्सेफलाइटिसका बिरामी फेला परेपछि घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीले जानकारी दिए ।
उन का अनुसार धनगढी उपमहानगरपालिकामा असोज ८ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ ।
कैलालीमा यस वर्ष जापानिज इन्सेफलाइटिसका आठ जना बिरामी फेला परेका छन् । तीमध्ये लम्कीचुहा नगरपालिकाका दुई, धनगढी उपमहानगरपालिकाका तीन र घोडाघोडी नगरपालिकाका तीन जना रहेका छन् ।
घोडाघोडीका तीन सङ्क्रमितमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ । जिल्लाका १३ स्थानीय तहमध्ये जेईका बिरामी फेला परेका घोडाघोडी, लम्कीचुहा र धनगढीमा खोप अभियान सञ्चालन गर्न लागिएको सूचना अधिकारी धामीले बताए ।
घोडाघोडी र लम्कीचुहामा आजदेखि अभियान सुरु भएको र धनगढीमा असोज ८ गतेदेखि सञ्चालन गरिने उनले जानकारी दिए । अन्य स्थानीय तहमा पनि चालु आर्थिक वर्षभित्र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिने उनले बताए ।
यसैबीच, घोडाघोडी नगरपालिकामा नगरपालिकाका कर्मचारीलाई खोप लगाएर अभियानको उद्घाटन गरिएको छ ।
आज बिहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले खोप लगाएर अभियानको उद्घाटन गरे ।
घोडाघोडी नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहोराका अनुसार नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत १२ वटै वडाका समुदायमा खोप सेवा सञ्चालन गरिनेछ । अभियानअन्तर्गत ३० वर्ष उमेर समूहसम्मका व्यक्तिलाई जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाइने उनले जानकारी दिए ।
नगरपालिकामा सुरु भएको खोप अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा नगरपालिकाका सबै वडाका लक्षित समुदायसम्म पुगेर खोप सेवा उपलब्ध गराइनेछ । बोहराले जानकारी दिए।लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार १४:३०बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा









