बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी- बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा मडै बस्ती नजिक रातु नदीको बाँध भत्किदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ । मङ्गलबार नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो । निकास नहुँदा पानी जम्दै गएर आज बजारक्षेत्र जलमग्न भएको छ ।
जलेश्वर–१ नगरपालिकाचोकदेखि हटिया क्षेत्रमा जताततै पानी छ । तीन ठाउँमा भत्किएको बाँधले मडै, गोरीगमामा खेत काटेर नोक्सान गरेको छ । “बर्सेनि यिनै ठाउँमा बाँध भत्किने गरेको छ,” महोत्तरी–६ गोरीगमाका किसान भोला महतो भन्नुहुन्छ, “बाढीले पोटाउने बेलाको धान लडाएर सोत्तर बनाएको छ ।”
गत वर्ष पनि वन्चौरीमा बाँध फुटेको थियो । जलेश्वर डुबानमा परेपछि यातायातका साधन चलाउन अप्ठ्यारो भएको छ । हिँडडुल गर्न पनि असजिलो भएको जलेश्वर–१ का विनोद पासवान बताउनुहुन्छ ।
बाढी नगरक्षेत्रमा पसेपछि भत्किएको ठाउँमा तत्काल मर्मतसम्भार र जलेश्वर पुछारमा पानी निकासको प्रबन्ध थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । बाढी पसेपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली नोक्सान भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १५, बिहीबार २१:५१बाँध भत्किएपछि जलेश्वर जलमग्न
समाचार२०८३ आश्विन १५, बिहीबार १९:१५रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १५, बिहीबार १४:०८‘पिंकवाक २०२६’ का लागि दर्ता खुला, असोज १७ गते बसन्तपुरदेखि पाटनसम्म पदयात्रा हुने
समाचार२०८३ आश्विन १५, बिहीबार १०:१९चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण








