पश्चिमी भूभागबाट बाहिरियो मनसुन,मध्य तथा पूर्वी भूभागबाट बाहिरन केही दिन लाग्ने

पश्चिमी भूभागबाट बाहिरियो मनसुन,मध्य तथा पूर्वी भूभागबाट बाहिरन केही दिन लाग्ने

काठमाडौँ- यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट आज मनसुन पूर्णरूपमा बाहिरिएको छ ।

बाँकी भूभागमा मनसुनी प्रभाव कायमै रहेपनि केही दिनमै त्यहाँबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसुन बहिर्गमन विशेष बुलेटिन अनुसार देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव कायमै छ ।

महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेको अवस्थामा बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गरी अक्टोबर २ मा बाहिरिने गर्छ। यद्यपि बर्सेनि केही दिन तलमाथि हुने गरेको छ । यस वर्ष नेपालमा मनसुन जुन १९ अर्थात् असार ५ गते प्रवेश गरेको थियो ।

विभागले यसअघि बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण मनसुन बहिर्गमन केही ढिलो हुन सक्ने जनाएको थियो । मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रुपमा अनुगमन गरिरहेको जनाएको छ ।

मनसुन बाहिरिए पनि वर्षा पूर्ण रूपमा नरोकिने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुन बहिर्गमन हुँदै गएपनि पश्चिमी वायुको प्रभावले देशका विभिन्न भूभागमा वर्षाका गतिविधि हुन सक्ने विभागले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   5   =