पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशन प्रतिनिधि समर्थककाे र्‍याली खुलामञ्चमा

पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशन प्रतिनिधि समर्थककाे र्‍याली खुलामञ्चमा

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, झाँकी र र्‍यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन्।

महाधिवेशन उद्घाटनको समय नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानबाट आएका कांग्रेसका नेता–कार्यकर्ता तथा प्रतिनिधि समूह बनाएर खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आ–आफ्नो क्षेत्र र पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन्।

पञ्चेबाजासहितको र्‍यालीमा सहभागी नेता–कार्यकर्ताले पार्टीका झन्डा तथा विभिन्न नारासहित खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। र्‍यालीका कारण खुलामञ्च आसपासको क्षेत्रमा कांग्रेसका नेता–कार्यकर्ता तथा समर्थकको चहलपहल बढेको छ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुँदैछ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा शुभेच्छुक सहभागी हुँदैछन्।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक नीति र कार्यक्रमसमेत तय गर्नेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   7   =