अभिनयमा आफ्नो पहिचान बनाउँदै नारायण बिक » Celebrity Nepal

अभिनयमा आफ्नो पहिचान बनाउँदै नारायण बिक » Celebrity Nepal

मुम्बई पुगेर बलिउडमा समेत संघर्ष गरेका नारायणले त्यहाँ बलिउड अभिनेता विक्की कौशलसँग काम गर्ने अवसरसमेत पाएका थिए।


काठमाडौँ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५, बोहोरेमा जन्मिएका कलाकार नारायण बिक पछिल्लो समय नेपाली चलचित्र तथा सिरिजमा निरन्तर सक्रिय छन्। ‘उचाइ’, ‘सेल्फी किङ’, ‘डोरी’, ‘क्राइम पेट्रोल नेपाल’ लगायतका चलचित्र तथा सिरिजमा अभिनय गरिसकेका नारायणले आफ्नो अभिनयमार्फत छुट्टै पहिचान बनाउँदै अघि बढिरहेका छन्।

उनको अभिनय रहेको चलचित्र ‘प्रतिवैरम्’को ‘माहोल गरम’ गीत अहिले चर्चामा छ। अभिनयसँगै फिल्म अध्ययन गरेका नारायणले लामो समय थिएटरमा समेत अनुभव बटुलेका छन्। अभिनयप्रतिको रुचि र लगावका कारण उनले आफ्नो कलायात्रालाई निरन्तर अगाडि बढाउँदै आएका हुन्।

केही समय मुम्बई पुगेर बलिउडमा समेत संघर्ष गरेका नारायणले त्यहाँ बलिउड अभिनेता विक्की कौशलसँग काम गर्ने अवसरसमेत पाएका थिए। मुम्बईको अनुभवले उनको अभिनय यात्रामा थप आत्मविश्वास र सिकाइ दिएको उनी बताउँछन्।

हाल नारायण रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा व्यस्त छन्। पछिल्लो समय नेपाली चलचित्रमा उनको व्यस्तता बढ्दै गएको छ।

जस्तोसुकै भूमिकामा आफूलाई ढाल्न सक्ने क्षमता भएका नारायण आगामी दिनमा अभिनयलाई नै निरन्तरता दिँदै एक कुशल अभिनेता बन्ने लक्ष्यका साथ अघि बढिरहेका छन्। फरक–फरक चरित्रमा आफूलाई प्रस्तुत गर्दै नेपाली चलचित्र क्षेत्रमा आफ्नो बलियो उपस्थिति बनाउने उनको प्रयास जारी छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘कबड्डी ५' पहिलो को गीत ‘थाक खोला’ सार्वजनिक » Celebrity Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   5   =