चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ

चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ


काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले संयुक्त रूपमा ‘साथी राइड’को शुभारम्भ गर्नुभएको हो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा वक्ताहरूले प्राकृतिक विपत्ति र बुढीगण्डकी क्षेत्रमा आएको बाढीबाट जनजीवन प्रभावित भएको सन्दर्भ उल्लेख गर्दै यस वर्षको दशैं सचेत र सामान्य रूपमा मनाउन आग्रह गरे । चाडपर्वमा अनावश्यक तडकभडक गर्नुभन्दा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा जोड दिनुपर्ने उनीहरूको भनाइ थियो ।

संघका अध्यक्ष केसीले घटस्थापनाको अवसरमा दशैंको शुभकामना आदानप्रदान गर्नुका साथै नेपाली जनशक्ति, रोजगारी र अर्थतन्त्रलाई आधार बनाएर सञ्चालनमा ल्याइएको साथी मोबिलिटी प्रालिको ‘साथी राइड’लाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका निर्वातमान अध्यक्ष दिनेश डिसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी र चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष लव प्याकुरेल लगायतको उपस्थिति थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   1   =