काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सम्पन्न, ‘KNAR’ बन्यो उत्कृष्ट छोटो चलचित्र

काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सम्पन्न, ‘KNAR’ बन्यो उत्कृष्ट छोटो चलचित्र

‘In This Darkness I See You’ उत्कृष्ट फिचर चलचित्र घोषित

काठमाडौं। काठमाडौं हरर फिल्म फेस्ट (KHFF) को दोस्रो संस्करण आइतबार रसियन हाउस काठमाडौंमा चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको छ। प्रतिकूल मौसमका बाबजुद तीन दिनसम्म चलेको महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो।

महोत्सवमा २१ देशका २६ चलचित्र छनोट भएका थिए, जसमा ८ फिचर र १८ छोटा चलचित्र थिए। प्रतिस्पर्धाअन्तर्गत दर्शकको मतका आधारमा आकाश धिमाल निर्देशित नेपाली चलचित्र ‘KNAR’ ले उत्कृष्ट छोटो चलचित्रको अवार्ड जित्यो। त्यस्तै, नादिम ताबेत निर्देशित ‘In This Darkness I See You’ उत्कृष्ट फिचर चलचित्र घोषित भयो। यो फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त निर्माण हो।

महोत्सवको समापन मोराद मुस्तफा निर्देशित इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको चलचित्र ‘Aisha Can’t Fly Away’ प्रदर्शनसँगै गरिएको थियो।

समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्वमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले चलचित्रमार्फत नेपाल र रुसबीचको सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, महोत्सवमा योगदान पुर्‍याउने स्वयंसेवक तथा सहयोगीहरूलाई कदरपत्र प्रदान गरिएको थियो।

महोत्सव निर्देशक राशिक पाठकले दोस्रो संस्करणले नेपाली दर्शकमा हरर तथा विधागत चलचित्रप्रति रुचि बढ्दै गएको देखाएको बताए। उनले आगामी दिनमा पनि यस्ता चलचित्र र नेपाली फिल्मकर्मीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सन् २०२५ मा २५ चलचित्र प्रदर्शन गर्दै सुरु भएको महोत्सवको दोस्रो संस्करण नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) ले आयोजना गरेको हो। महोत्सवमा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार र आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका थिए।

यो पनि पढ्नुहोस् :  गायक, गीतकार तथा संगीतकार डिबी गुरुङ » Celebrity Nepal

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   9   =