तारुका कालिका मन्दिरमा मंसिर ४ गते एकादशी मेला तथा न्वागी कार्यक्रम हुने

तारुका कालिका मन्दिरमा मंसिर ४ गते एकादशी मेला तथा न्वागी कार्यक्रम हुने

धादिङ, ३० कार्तिक।

धादिङको नीलकण्ठ नगरपालिका–५ स्थित ऐतिहासिक तारुका कालिका मन्दिरमा आगामी मंसिर ४ गते हरिबोधनी एकादशी मेला महोत्सव तथा न्वागी कार्यक्रम आयोजना हुने भएको छ।कालिका मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले परम्परादेखि सञ्चालन हुँदै आएको एकादशी मेला यस वर्ष पनि विशेष कार्यक्रमसहित आयोजना गर्न लागिएको खर्क टोल विकास संस्थाका सचिव नवीन ढुंगानाले जानकारी दिनुभयो।

“कालिका मन्दिरको शान, विकाससहित जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा चर्चित लोकदोहोरी गायक अमृत मगर र दिल श्रेष्ठ, गायिका सीता सुवेदी र मञ्जरी श्रेष्ठ तथा नृत्य कलाकार लिला बुढामगर र तिर्सना बराइलीको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।त्यसैगरी पहरेछाप नौमती बाजा समूहको विशेष प्रस्तुति सहित विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

धार्मिक आस्था, मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।श्री तारुका कालिका मन्दिर संरक्षण तथा गुठी व्यवस्थापन समिति र नीलकण्ठ नगरपालिका–५ मूल आयोजक रहेको कार्यक्रमको सहआयोजकमा खर्क टोल विकास संस्था तथा देवीस्थान–गैरीगाउँ टोल विकास संस्था रहेका छन्।मेला तथा न्वागी कार्यक्रममा सहभागी भई धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पुर्‍याउन आयोजकले स्थानीयवासी तथा श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   4   =