दर्ता नगरिएको मोबाईलहरु आजबाट क्रमश बन्द हुदै

काठमाण्डौ,२० कार्तिक
नेपालमा आजदेखी(सोमबार) मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात् एमडीएमएस लागू हुँदैछ । आजदेखी एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयन हुने र यससँगै प्रणालीमा दर्ता नभएका मोबाइल फोन क्रमशः ब्लक हुँदै जाने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार एमडीएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा ल्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन ।
प्राधिकरणले यही कात्तिक ४ गते सूचना जारी गरेर १५ दिनभित्र सेवाग्राहीलाई एमडीएमएसमा दर्ता गर्न भनेको थियो । आफ्नो मोबाइल फोन एमडीएमएसमा दर्ता भएको छ छैन भन्ने जानकारी mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ ।
अहिलेसम्म दर्ता नभएको मोबाइल सेटको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट eir.nta.gov.np मा गएर दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २५, बुधबार १६:२३पोखरा विश्वविद्यालयको बजेट र नीति कार्यक्रम पारित
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २५, बुधबार १२:३३कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
कला, विचार/मनोरञ्जन२०८२ असार २५, बुधबार ११:३९शिरीषको फूल’ बाट रंगमञ्चमा सनिशा भट्टराईको प्रवेश
समाचार२०८२ असार २५, बुधबार ०९:४६गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले