उद्योग दिवसका अवसरमा काभ्रेमा ६ जना उद्योगी सम्मानित

काभ्रे- काभ्रे जिल्लामा नऔ उद्योग दिवस मनाईएको छ । उत्कृष्ट उद्योगीहरुलाई सम्मान र सिप सिकेकाहरुलाई प्रमाणपत्र वितरण गर्दै नवौ उद्योग दिवस मनाईएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र घरेलु अधिकृत यज्ञवबहादुर वलीले उद्योगीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उत्पादन, रोजगार, आर्थिक समृद्धीको महत्वपूर्ण क्षेत्र भएकोले देशको आयातलाई विस्थापित गर्दै निर्यातलाई प्रर्वद्धन गर्न उद्योग संचालन गर्नु अपरिहार्य बताउनु भयो । सरकारले उद्योग संचालनका लागि आवश्यक वातावरण बनाउने बताउँदै प्रमुख जिल्ला अधिकारी शर्माले सिप, श्रमको भरपुर उपयोग गरी नेपाललाई समृद्ध बनाउन सबै क्षेत्रको उत्तिक्कै सहयोग आवश्यक रहेको बताउनुभयो।
घरेलु तथा साना उद्योग कार्यालय मार्फत संचालन गरिएका हेयर कटिङ तथा सेल्फ मेक अफ तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहभागिहरुले सिप सिकेर विदेश जानु पर्ने बाध्यताको अन्त्य गर्न राज्यले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण गर्न सहयोग गर्नु पर्ने बताएका छन् ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख घरेलु अधिकृत यज्ञबहादुर वली, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य मञ्जुकुमार कोँजु, जिल्ला उपाध्यक्ष कैलाश पालञ्चोके, घरेलु तथा साना उद्योग संघ महिला उद्यमी समुहकी अध्यक्ष निरु बैदार, प्रशिक्षक रामेश्वरी मानन्धर र प्रशिक्षार्थी प्रल्हाद न्यौपाने लगायतले मन्तब्य राख्नुभएको थियो ।
उद्योग दिवसमा जिल्लाका विभिन्न स्थानमा विमला श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, सुनेना श्रेष्ठ, सम्झना तामाङ, सोमोमाया बल र रविन्द्र हुमागाई लगायतलाई सम्मान गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न









