रणवीरको ‘एनिमल’ले तोड्यो ‘जवान’ र ‘पठान’ को रेकर्ड

एजेन्सी। बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले शाहरूख खानको फिल्म ‘जवान’ र ‘पठान’ को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘एनिमल’ ले १० औं दिन भारतमा ३७ करोड भारू कमाएको छ। ‘जवान’ ले ३६ करोड ८५ लाख भारू कमाएको थियो भने ‘पठान’ ले २८ करोड ५ लाख भारू कमाएको थियो। ‘एनिमल’ ले विश्वभरबाट ६९७ करोड भारू कमाइ गरेको छ भने भारतमा ४३२ करोड २७ लाख भारू कमाइ गरेको छ।
‘एनिमल’ ले ५४ करोड ७५ लाख कमाउँदै सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ। यसअघि शाहरूख खानको ‘जवान’ ले हिन्दी संस्करणमा पहिलो दिन ६५ करोड ५० लाख भारू कमाएको थियो भने ‘पठान’ ले ५५ करोड भारू कमाएको थियो।
सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक









