कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

काठमाडौं, १५ माघ । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग निःशुल्क उपचार गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा.सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट अौपचारिक रूपमा बालबालिकाको निःशुल्क उपचार सेवा को आज शुभारम्भ गरे ।
यो सेवा प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोके बमोजिमको औषधि प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको सचिव डा. देवकोटाले बताए । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरु गरेको उनले जानकारी दिए ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ३०, सोमबार २०:३४पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ
समाचार२०८२ भाद्र ३०, सोमबार १८:१६ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३०, सोमबार १३:३९हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३०, सोमबार १३:३४चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपातीमा