साम्राज्ञी र धिरजको जोडी रहने चलचित्र ‘रुमानी रङ्ग’ को औपचारिक घोषणा

काठमाडौँ। साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी कस्दै रोमान्टिक सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ । अनिल योञ्जनको निर्देशन रहने सिनेमामा साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोश्रो पटक पर्दामा एकसाथ रोमान्स गर्ने लागेका हुन् ।
उनीहरु लगभग पाँच वर्षपछि एकसाथ पर्दामा आउन लागेका हुन्। राजधानीमा आज एक कार्यक्रमका बिच घोषणा भएको चलचित्रमा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहनेछ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको व्यानरमा निर्माण हुने चलचित्रमा जिएम ठकुरी प्रस्तुकर्ता रहेका छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्।
चलचित्रको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ। चलचित्रले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माण पक्षले दिएको छ। निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ।
चलचित्र वैशाखको पहिलो साताबाट फ्लोरमा जाने बताईएको छ। ‘रुमानी’को अर्थ एउटा सुन्दर र मनमोहक हो। महेश पौडेलको सिनेम्याटोग्राफी रहने चलचित्र मा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह निर्माता छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:०७कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत









