चलचित्र ‘उपहार’ टिम शुभकामना हलमा

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सोमबार बनेपाको शुभकामना हलमा हाउसफूल व्यापार गरेको छ । सोमबार चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्री पूजा शर्मा, वितरक करण श्रेष्ठ ‘क्रेजी’ र कलाकार अंशु थापाको टोली उक्त हल पुगेको थियो ।
अभिनेत्री पूजा शर्मा फिल्म रिलिज भएपछि हरेक दिन दर्शकको प्रतिक्रिया बुझ्न हल–हल पुगिरहेकी छन् । यही क्रमलाई निरन्तरता दिँदै उनी सोमबार फिल्मको टिमसहित बनेपाको शुभकामना हल पुगेकी हुन् । शुक्रबार र शनिबार उपत्यकाका हलमा दर्शकमाझ अन्तरक्रिया गरेकी पूजा सोमबार बनेपा पुगेकी हुन् ।

शुभकामना हलका सञ्चालक दुर्गा प्रधानले सोमबार फिल्म राम्रो चलेको बताए । फिल्मको टिम नै हलमा आएपछि भोलिदेखि हलमा अझ अकुपेन्सी बढ्नेमा आफू ढुक्क रहेको दाबी गरे ।
रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ । फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ११, सोमबार ०७:५४सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
खेलकुद२०८३ जेष्ठ १०, आईतवार २३:५७कप्तानबाट रोहित ‘आउट’, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा
खेलकुद२०८३ जेष्ठ १०, आईतवार १६:५९घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक









