Home कला, विचार/मनोरञ्जन नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु

4
0

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु भएको छ । बिहीबार सुन्धाराको सिभिल मल स्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा उपस्थित सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सिनेमालाई मनोरञ्जनको रुपमा मात्रै लिन नहुने भन्दै सिनेमाले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिनेमा जोड दिइन् । साथै विश्वभरीका फिल्म मेकरका लागि महत्वपूर्ण स्थान रहेको बताउँदै उनले भनिन्, ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताको संगम हुनुका साथै प्राकृतिक र साँस्कृतिक हिसाबले चलचित्र छायांकनका लागि विश्वमै महत्वपूर्ण स्थल हो । त्यसैले सिंगो नेपाल नै फिल्म स्टुडियोको हिसाबले विकास गर्न आवश्यक छ ।’

‘नेपालको गौरवशाली इतिहास, साँस्कृतिक सम्पदाको अखण्ड विरासत, चलचित्रका लागि महत्वपूर्ण कथा वस्तु पनि हुन् ।’ नेपाल फिल्मका लागि आवश्यक कथाका हिसाबले पनि सम्पन्न रहेको जनाउँदै उनले भनिन्, ‘मानवको दुःखको कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसंस्कृतिक र बहु जातिय मुलुकहो । जहाँ अनेक कथा भेटिन्छन् ।’ नेपाली संस्कृतिको सम्वद्र्धन, संरक्षण र प्रचारका लागि सिनेमाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा मन्त्री शर्माले जोड दिइन् ।

त्यस्तै वर्तमान अवस्थामा नेपाली फिल्मलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्न सकिने निर्देशक तथा अभिनेता नीर शाहले बताए । उनले भने, ‘वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनको हेलचेक्र्याइँले गर्दा नेपाली फिल्म केही पछाडि परेको अनुभुति हुन थालेको छ । तथापि केही उच्च कोटीका प्रस्तुतिका कारणले गर्दा राष्ट्रिय चलचित्रले आफ्नो अभियानलाई सही दिशा तिर तिब्रता दिन सफलता हाँसिल गर्दै गएको पनि छ ।’ नेपालमा एकदमै थोरै राम्रा फिल्म बने पनि नराम्रा फिल्मको तुलनामा राम्रा फिल्मकै प्रभाव बढी रहेको पनि उनले स्पष्ट पारे ।

नेपालीफिल्म क्षेत्रको उत्थानका लागि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जस्ता कार्यक्रमको महत्वूर्ण योगदान रहने शाहले जिकिर गरे । ‘निफले सातौँ संस्करणसम्म आफ्नो यात्रा तय गरिसक्दा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउन सफल भइसकेको छ ।’ निफको निरन्तरताले नेपाली फिल्म क्षेत्रमा गरेको योगदानका बारेमा बताउँदै उनले भने,‘नेपाली चलचित्रकर्मले प्राप्त गरेको दुरगामी अर्थ राख्ने संस्था बनेको छ । अन्यथा छ दर्जन देशहरुबाट एकसेएक राम्रा फिल्महरु, सिनेमा क्षेत्रलाई माथि उठाउन विभिन्न कालखण्डमा योगदान पु¥याउने अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सहभागिता यहाँ हुँदैनथियो ।’ साथै विदेशी फिल्मबाट प्रभावित फिल्म बनाउनुभन्दा यहीँका दन्त्यकथामा आधारित रहेर विश्व मस्तिष्कमा बस्ने गरी पाँच मिनेटको छोटो फिल्म बनाउनु सिने क्षेत्र र देशको लागि फाइदाजनक रहेको बताए ।

शाहले सरकारले निफलाई प्राथमिकतामा राख्न गरेको आग्रहलाई समर्थन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस्ता कार्यक्रम नियमित गर्न निकै कठिन रहेको बताए । सरकारका तर्फबाट कलाक्षेत्रले उचित सम्मान नपाएको बताउँदै केसीले भने, ‘भन्नको लागि कला संस्कृति र कलाकारलाई देशको गहना भनिए पनि नेपाली सिनेमा क्षेत्र अवहेलित छ भनेर दुःखका साथ भन्नुपर्छ ।’

नेपाली सिनेमाले आपसी सद्भाव कायम गर्न पनि महत्वपूर्ण योगदान पुर्या उँदै आएको स्विकार्दै मन्त्रीशर्माले आगामी बजेटमा नेपाली फिल्मलाई उद्योगको रुपमा विकास गर्नका लागि केही कार्यक्रम प्रस्ताव गर्न अनुरोध गरिन् ।

बिहीबारदेखि सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्मतथा डकुमेन्ट्री प्रदर्शन हुँदैछन् । आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री मिसनइम्पोसिबलसँगै सुरुवात भएको महोत्सवको पहिलो दिन अर्को नेपाली फिचर फिल्म डेसान पनि देखाइएको छ । चैत्र ५ गतेसम्मचल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिलमल, लबिममल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा हेर्न सकिन्छ भने सिनेमा सम्बन्धी बहस भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृह र नेपालपर्यटन बोर्डको हलमा हुनेछन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous article‘लन्डन टु पेरिस’ जेठ २५ गतेबाट प्रदर्शनमा आउने
Next articleचलचित्र ‘रङ्गेली’ को गीत ‘फूल ओइलिएर’ सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here