‘मनसरा’ टिजर : सरल लिम्बुनीसँग नजिकिने बाजे, बाजेसँग चिढिने श्रीमती अनि भौंतारिरहेका दया

‘मनसरा’ सिनेमाको टिजर रिलिज भएको छ।
सार्वजनिक टिजरमा सिनेमाका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ।
सार्वजनिक टिजरले नेवार पत्नी (मेनुका प्रधान)सँग विवाह गरेका ‘बाजे'(प्रविण खतिवडा) र ‘लिम्बुनी'(मिरुना मगर) छिमेकीका रहेको जानकारी दिन्छ भने मिरुना एक सन्तानकी आमा भएको जनाउ दिन्छ।
टिजरमा झोला बोकेर भौंतारिरहेका दयालाई एउटा महिला हराएकी सूचना टाँसिएको पोस्टरमा टक्क अडिएको अवस्थालाई पनि पेस गरिएको छ। क्लोजअपसटमा उनी लामो समयदेखि कसैको खोजीमा रहेको जस्ता देखिन्छ। टिजरले ‘बाजे’की नेवार्नी श्रीमतीलाई आफ्ना पति छिमेकी ‘लिम्बुनी’सँग नजिक भएको मननपरेको पनि देखाइएको छ।
शहरको छेउमा बस्ने भूईंमान्छेको कथा सिनेमाले पेस गर्ने संकेत टिजरबाट मिल्दछ। टिजरमा कहिकतैं ‘मनसरा’को नाम उच्चारण गरिएको छैन्।
सिनेमाले यी चार प्रमुख पात्रको अन्तरसम्बन्धको कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ।
उपेन्द्र सुब्बा निर्देशित सिनेमाले साधारण कथालाई रोचक बुनाइबाट पेस गर्न लागेको टिजरले देखाउँदछ।
यसै वर्षको सुरुवातमा ‘जारी’ बाट ब्लकबस्टर निर्देशन डेब्यू गरेका सुब्बाको यो दोश्रो सिनेमा आशा गर्न लायक सिनेमा हो। टिजरबाट उनले सामान्य मान्छेका सुन्दर कथा पर्दामा पेस गर्दैछन् भनेर बुझ्न कठिन पर्दैन।
टिजर दर्शकलाई आकर्षित गर्ने खालको छ। यसबाट वैशाख २१ गते एउटा राम्रो सिनेमाको अपेक्षा गर्न सकिन्छ। केही समयपछि रिलिज हुने ट्रेलरबाट यस सिनेमाले थप कौतुहलता निर्माण गर्ने आशा गर्न सकिन्छ।
सिनेमामा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार १४:२७विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा
कला, विचार/मनोरञ्जन२०८२ माघ २०, सोमबार ११:१९पूर्वी नेपालमा ‘कुमारी’मय माहौल: केहरको गीत र अबिषेक र आकृतिको नृत्यमा झुम्यो पूर्व, गृह नगरमा भावुक बने अबिषेक
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २०, सोमबार १०:५०अधिकांशमा आँखाको समस्या « रिपोर्टर्स नेपाल
खेलकुद२०८२ माघ २०, सोमबार ०८:१७पाकिस्तानले भारतसँग टी–२० विश्वकप नखेल्ने








