Breaking News

समाचार

झापामा बढ्दै दादुराको प्रकोप

झापा, ५ माघ । पन्ध्र वटा पालिका रहेको झापा जिल्लाका दुई पालिकामा दादुराको प्रकोप देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले झापा गाउँपालिका र विर्तामोड नगरपालिकामा दादुराको प्रकोप देखिएको बताए । उनले गत वर्ष बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिबाट फैलिएको दादुराको प्रकोप यस वर्ष झापासम्म आइपुगेको …

Read More »

गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको

इलाम, ५ माघ । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन् । रोङ–४ की …

Read More »

मधेस प्रदेशः आज छैटौँ बलिदान दिवस

जनकपुरधाम- मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले …

Read More »

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखा, ५ माघ । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न नि:शुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिनाले जानकारी …

Read More »

सहकारी पीडितका समस्या जस्ताको तस्तै

काठमाडौँ- सरकारले सहकारी पीडितहरुलाई अझै राहत दिन सकेको छैन । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रस्ताव अनुसार बचत तथा कर्जा सुरक्षण कोष बन्न नसक्दा पीडितले राहत पाउन नसकेका हुन् । सरकारले सहकारी पीडितहरुसँग करिव पाँच महिना अघि  सहमति गरेको भएपनि पीडितले न्याय पाउन सकेका छैनन् । सरकारले सहमति कार्यान्वयन नगरेको …

Read More »

जिल्ला प्रशासन कार्यालयमै पीडितले साहुलाई कुटे

सिरहा- सिरहाका मिटरब्याज पीडितहरुले सिडिओ कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन । विहीबार मिटरब्याजको मुद्दामा छलफल भइरहेको बेला पीडितहरुले साहुलाई कुटेका हुन। कुटपिटबाट सूर्यकुमार यादव घाइते भएका छन । उनको टाउकोमा चोट लागेको छ । ऋणी राज कुमार महतो र धनी सूर्य कुमार यादबबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै भनाभन …

Read More »

गाउँपालिका उपाध्यक्ष जोशीको निधन

बाजुरा- बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले राससलाई जानकारी दिनुभयो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित …

Read More »

‘बारपाक सुलिकोटमा बालबालिकामा रक्तअल्पताको समस्या’

गोरखा, ४ माघ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पालिकाभित्र अध्ययनरत १० वर्षभन्दा माथि १२ कक्षासम्मका बालबालिकामा ‘हेमोग्लोबिन’ परीक्षण गर्दा धेरै बालबालिकामा रक्तअल्पताको समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले जानकारी दिए । रक्तअल्पता देखिएकामध्ये केही बालबालिकामा …

Read More »

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

ताप्लेजुङ- ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो …

Read More »

आँखा वरपरको हड्डी भाँचिएको उपचारबारे कार्यशाला गर्दै तिलगङ्गा अस्पताल

काठमाडौँ, ३ माघ । तिलगङ्गा आँखा अस्पतालले आँखा वरपरको हड्डी भाँचिएको उपचारबारे जानकारी दिन प्रत्यक्ष प्र्रसारणसहित कार्यशाला गर्ने भएको छ । अस्पतालले यही बिहीबार आँखा र वरपरको हड्डी भाँचिएका तीन जना बिरामीको शल्यक्रियासहितको कार्यशाला आयोजना गर्ने जानकारी दिएको हो । आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन …

Read More »