श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

सिरहा- आफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका सिरहा नगरपालिका वडा नं. १५ सुखचैनाका ४० वर्षिय देवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
गत विहिवार ७ गते श्रीमती ३० वर्षीया संजिता कुमारी यादवलाई हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलिले भारतीय सीमा नजीकबाट पक्राउ गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेका अनुसार घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई इँटा र बाँसको भाटाले मरणासन्न हुने गरी कुटपीट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।
यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजोलि थानाअन्तर्गत सलरा भन्ने ठाउँको झाडीमा फालेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा शव खोजतलास गरी फेला परेको प्रहरीको भनाई छ ।
आवश्यक प्रकृया पुरा गरी मृतकको शव पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाएको छ । मृतकको पाँच जना छोराछोरी रहेको जनाइएको छ । पक्राउ परेका यादवलाई प्रहरीले सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार १५:४८‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’
समाचार२०८३ बैशाख १०, बिहीबार १३:५७प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण नगर्ने
खेलकुद२०८३ बैशाख १०, बिहीबार ११:१८आजबाट शुरु « रिपोर्टर्स नेपाल
समाचार२०८३ बैशाख १०, बिहीबार ०७:५६ज्वालामूखी गाउँपालिकाका करार कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध







