सत्ता साझेदार दलको कार्यदल बैठक आज पनि जारी

सत्ता साझेदार दलको कार्यदल बैठक आज पनि जारी
Share this

असल खबर -सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजै टुंगो लगाउने तयारी अनुसार बैठकमा बसेको कार्यदलका एक नेताले जानकारी दिए ।
कार्यदलको बैठक हिजो सोमबार पनि बसेको थियो । उक्त बैठकपछि नेताहरुले न्यूनतम साझा कार्यक्रममा मिहीन ढंगले छलफल गरेको र अर्को बैठकबाट टुंगो लगाउने बताएका थिए ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु छन् ।

अन्तिम अपडेट: 2021-August-03 समय 11:59 AM

131 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com