दुर्घटना न्यूनीकरणका लागि गुल्मीमा सचेतनामूलक कार्यक्रम

दुर्घटना न्यूनीकरणका लागि गुल्मीमा सचेतनामूलक कार्यक्रम
Share this

असल खबर -गुल्मीमा दुर्घटना न्यूनीकरण गर्न सातदिने ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतना र स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ ।
नेपाल स्काउट लुम्बिनी संघ तदर्थ समितिको सहयोग र जिल्ला ट्राफिक कार्यालय गुल्मीको समन्वयमा सातदिने ट्राफिक सचेतना कार्यक्रम गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि सवारी चालक, परिचालक, पैदलयात्री तथा अन्य सर्वसाधारणलाई प्रशिक्षक दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।
ट्राफिक सचेतना कार्यक्रम अन्र्तगत जिल्ला सदरमुकाम तम्घास, इन्द्रेगौडा, श्रृङ्गा, छल्दी, पुर्कोटदहमा कार्यक्रम गरिएको उनले जानकारी दिए ।

अन्तिम अपडेट: 2021-September-05 समय 1:49 PM

262 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com