Breaking News

खेलकुदको विकासका लागि तीनै तहका सरकारको प्रयास आवश्यक: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्र विकासको लागि तीनै तहको सरकारले यथेष्ठ प्रयत्नहरु गर्नुपर्नेमा ध्यानार्कषण गराउनुभयो ।
आज काठमाडौं महानगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिपति पौडेलले सो कुरा बताउनुभयो ।

उहाँले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताउँदै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा महानगरपालिकाका प्रमूख बालेन्द्र शाहले महानगरले लक्षित वर्गलाई विभिन्न आधारहरु बनाएर छात्रवृत्ति प्रदान गरे जसरीनै खेलको समेत आधार बनाएर छात्रवृत्तिको व्यवस्था गर्ने बताउनुभयो ।

तीन दिनसम्म चल्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महानगरपालिकाका सामुदायिक तथा संस्थागत ८३ विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी छन् । जसअन्तर्गत भलिबलमा ८ सय जना, कवड्डीमा ८ सय जना, तेक्वान्दोमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना सहभागी छन् ।प्रतियोगिता अन्तर्गत एथलेटिक्सका खेलहरू दशरथ रङ्गशालामा, कराँते र उसु खेल रङ्गशालाको कभर्ड हलमा खेलाइने छन् ।त्यस्तै, छात्रछात्रा कवड्डी र छात्रा भलिबल खेल कन्या मन्दिर माध्यमिक, न्योखा, क्षेत्रपाटीमा खेलाइने छन् । त्यसैगरी, पुरुष भलिबल खेल कन्या विद्याश्रम मावि डिल्लीबजारमा तथा तेक्वान्डो खेल नेपाल तेक्वान्दो प्रशिक्षणालय, सातदोवाटोमा खेलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।।

About असल खबर

Check Also

राजतन्त्र फर्कने कुरा असम्भवः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *