राष्ट्रिय हित बिपरित सम्झौता गर्ने कल्पना पनि गर्न सकिंदैनः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
छलफलका क्रममा सांसदहरूले प्रधानमन्त्रीसँग भारतीय विदेश मन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
भेटबारे जानकारी दिंदै प्रधानमन्त्रीले विद्युत् व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा भएको बताउनुभयो । २० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्ने नभै यसमा नेपालको पनि निर्णय र साझेदारी रहने उहाँले जानकारी दिनुभयो ।
संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सकेसम्म सर्वसम्मतिमा जोड दिइएको बताउँदै प्रधानमन्त्रीले संवैधानिक नियुक्तिमा विगतमा देखिएका बेथिति र समस्याहरू निवारण गर्न संशोधन विधेयक ल्याइएको बताउनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २५, बुधबार ०९:४६गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले
कला, विचार/मनोरञ्जन२०८२ असार २५, बुधबार ०७:५२एलिनाको गीतमा पुष्कर ,श्रृष्टि र बिना (भिडियो)
समाचार२०८२ असार २४, मंगलवार २२:१८सरकारसँगको वार्तामा सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित
कला, विचार/मनोरञ्जन२०८२ असार २४, मंगलवार २१:१२‘नाकछोङ’ युकेमा विशेष प्रदर्शन, सम्पूर्ण टिकट विक्री