Logo

    राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो

    राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो असल खबर २०७९ मंसिर ६, मंगलवार १८:१८ मा प्रकाशित

    रासस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुवाती खाता खोलेको छ ।

    काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गर्नुभएको छ । केसीले पाँच सय १५ मत अन्तरले विजयी हुनुभएको हो । प्रदेशसभा ‘२’ को पनि मतगणना भइरहेको छ ।

    प्रतिनिधिसभाको गणना जारी

    प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं २ को मतगणना जारी छ । अपराह्न ३ बजेसम्म २५ हजार चार सय ४६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम सात हजार एक सय ८७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । नेकपा (एमाले)का उम्मेदवार मणिराम फुँयालले पाँच हजार चार सय ९० मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तादेवी पोखरेलले पाँच हजार ५१ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले चार हजार नौ सय २९ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो । कूल ५२ हजार नौ सय ५७ मत खसेको थियो । सो क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेका छन् ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार