बेनिघाट रोराङ जयपुरीमा घुम्ती आँखा जाँच शिविर सम्पन्न

धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउपालिका वडा न १० स्थित जयपुरी सामुदायिक स्वास्थ्य ईकाइ जयपुरीमा घुम्ती आँखा जाँच शिविर सम्पन्न भएको छ ।
आज सम्पन्न आँखा शिविरमा ७० जनाले आखा जाँच गराएका थिए । शिविरमा आँखा जाँच गराएका मध्ये १४ जनाको मोतियाबिन्दु भएको भेटिएको छ ।
घुम्ती आँखा जांच शिविर ११ गते बिहिबार वडा न ४ स्थित इराङ सामुदायिक स्वास्थ्य ईकाईमा, १२ गते वडा न ३ को कार्यालय रिचोकटार मलेखुमा,१३ गते वडा न १ को जरुङ आधारभुत बिद्यालय जरुङमा, १४ गते वडा न ७ स्थित चरौदी आधारभुत स्वास्थ्य केन्द्र,चरौदी तथा वडा न ९ स्थित जोगिमारा स्वास्थ्य चौकीमा र १६ गते वडा न २ महादेवस्थान स्थास्थ्य चौकी ताल्तीमा हुने भएको छ ।
सवै स्थानमा भएको आँखा जाँच पश्चात मोतियाबिन्दु भएकाहरुलाई १७ र १८ गते बेनिघाट रोराङ गाउँपालिका स्थित भद्रकाली आँखा अस्पतालमा निशुल्क मोतिया विन्दुको अप्रेसन गरिने बेनिघाट रोराङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख व्रजेश तामाङले बताउनु भयो ।
आँखा जाँच शिविर बेनिघाट रोराङ गाउपालिका,नेपाल नेत्रहीन संघ,पुनस्र्थापना कार्यक्रम गोरखा र भरतपुर आँखा अस्पतालको सयुक्त आयोजनामा सचालन भएको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार १६:२५चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार १६:१८सागर लम्साल ‘बले’ अब निर्माता बन्दै
समाचार२०८२ कार्तिक २२, शुक्रबार १६:१६संसद विघटन संविधान विपरीत: अध्यक्ष ओली
समाचार२०८२ कार्तिक २२, शुक्रबार १४:२९रामकोटको मण्डलीदेवी मन्दिरमा २३ गते पञ्चमी मेला लाग्दै








