‘बासेन्जी’ असोज २६ बाट प्रदर्शनमा आउने

अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको “बासेन्जी” हरर जनरामा निर्माण गरिएको चलचित्र हो । चलचित्र “प्रवेश” पात्रको आँखाबाट र उसैलाई केन्द्रीय पात्र बनाई देखाइएको छ । प्रवेश पात्र पश्चिम नेपालबाट काठमाडौं आएको छ, उसको बुवालाई कृषि विषयमा खोजपत्रकारिता गरेको निहुँमा बरखास्त गरिए पछि । यसै सिलसिलमा उसले आकाश पात्रलाई भेट्छ जसले आफ्नो मनमा उठेका आँधीलाई शान्त पार्न काठमाडौं नजिकको गाउँमा जान सल्लाह दिन्छ । अनि सुरू हुन्छ डरलाग्दा, रौं खडा गर्ने खालका घटनाको सिलसिला ।
यो नै ‘बासेन्जी’ चलचित्रको मुख्य विषय हो । र यही “प्रवेश” पात्रको आँखाबाट प्रथम पुरुष र उसलाई हेर्नका लागि तृतीय पुरुष क्यामरा राखी चलचित्रको निर्माण गरिएको छ । गौरीशङ्कर इन्टरटेनमेन्टसँग आबद्ध सुरज मैनाली र गौरव बस्नेतसँग मिलेर क्लेमेन्टले “बासेन्जी” चलचित्रको लेखन कार्य गरेका हुन् । यो चलचित्रमा प्रवेशको भूमिकामा कलाकार असिम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । वरिष्ठ कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यो चलचित्रमा प्रमुख भूमिका रहेको छ ।
निर्देशक क्लेमेन्ट भन्छन्, “नेपाली चलचित्रमा यो यस्तो प्रयोग हो जुन हालसम्म गरिएकै छैन । हामीले प्रथम पुरुषको दृष्टिकोणका लागि टाउकोमा क्यामरा राख्ने विशेष उपकरण तयार पारेका थियौं जसले पात्रको परिप्रेक्ष्यबाट उसको संसार देखाइन सकियोस् । त्यसै गरी तृतीय पुरुषको दृष्टिकोण देखाउनका लागि गिम्बल प्रयोग गरेका छौं जसले पात्रलाई नजिकैबाट नियालेर वा उसको हाउ-भाउ नियालेर हेर्न सकियोस् । मलाई पूरा विश्वास छ – हामीले नेपाली दर्शकलाई केही नयाँ पस्किन पूर्ण सफल भएका छौं । ‘बासेन्जी’ यही असोज २६ गतेदेखि प्रदर्शन हुँदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर २, सोमबार १७:४०काठमाडौँ गोर्खाज समक्ष जनकपुर बोल्ट्सले दियो १३१ रनको लक्ष्य
खेलकुद२०८२ मंसिर २, सोमबार १६:४६एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै
स्वास्थ्य/जानकारी टिप्स२०८२ मंसिर २, सोमबार १५:१५डा.शर्माको नोबेल हस्पिटल उत्कृष्ट करदाताको रुपमा सम्मानित
समाचार२०८२ मंसिर २, सोमबार १२:२८क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह








