३५ जना अनाथ बालबालिकाले सार्वजनिक गरे रमलाको ‘धुन’

द्वन्द्व पिडित तथा अति विपन्न अनाथ बालबालिकालाई आश्रय दिइरहेको आश्रममा १४ जिल्लाका बिभिन्न उमेर समुहका बालबालिकाहरु रहेका छन् । बिगत १३ वर्ष देखि सञ्चालनमा रहेको आश्रमले नै उनीहरुको शिक्षा सहित गाँसबासको व्यवस्था गर्दै आएको छ । गीत सार्वजनिक गर्दै गायिका पाख्रिनले आश्रमका लागि झण्डै एक महिना पुग्ने खाद्यान्न समेत हस्तान्तरण गरेकी थिइन । गायिका पाख्रिनको यो कदमले आफुहरुको पवित्र समाज सेवामा थप हौसला मिलेको संस्थाका अध्यक्ष भिम रोका मगरले बताएका छन् ।
सार्वजनिक गीतमा पाख्रिन र कमल खत्रीको स्वर र खत्रीकै शब्द तथा संगीत रहेको छ । यस्तै राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा मिरुना मगर र घनश्याम घलेको अभिनय, उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ । लोक भाकाका बिभिन्न बिधाका छ सय भन्दा बढी गीतमा स्वर दिएकी पाख्रिनका चर्चित गीतहरुमा ‘लाकपर योन्दोङ्ग’, ‘साइकोले कोऊ’, ‘रन्दा तपरिम’, ‘शिरैमा सिरफुल’, ‘सोह्र नपुग्दै’लगायत रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २५, सोमबार २१:३१रवि र बालेनलाई टेलिफोनबाट भारतीय प्रधानमन्त्री मोदीको बधाई
समाचार२०८२ फाल्गुन २५, सोमबार १८:१९नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी
समाचार२०८२ फाल्गुन २५, सोमबार १७:२६इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी
समाचार२०८२ फाल्गुन २५, सोमबार १३:४४एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ








