लण्डन फिल्म फेस्टिभलको डेलिगेटको रुपमा छनोट भए भरत रेग्मी

रेग्मीले सामाजिक सञ्जालमा एउटा स्टाटसमार्फत आफू उक्त फेस्टिभलमा डेलिगेट्सको रुपमा नेपालबाट छनोट भएकोमा खुशी व्यक्त गरेका गर्दै आयोजक संस्थालाई धन्यवाद दिएका छन् । महोत्सवमा सहभागिता जनाउन रेग्मी आगामी साता लण्डन प्रस्थान गर्नेछन् ।
‘उक्त महोत्सवमा नेपालबाट म एक जनामात्र छनोट भएको छु, रेग्मीले भने । ‘डेलिगेट्सको रुपमा छनोट भएपछि फेस्टिभलका लागि छनोट भएका फिल्महरु हेरेर रिभ्यू गर्न फेस्टिभलको सिस्टममा अनलाइन एक्सेस दिएको छ, रेग्मी भन्छन्– ‘म अहिले अनलाइनबाट ती फिल्महरु हेरिरहेको छु । सबै फिल्मको रिभ्यू फाइन फेस्टिभलमा जुरी टिमलाई दिनु पर्छ ।’ रेग्मीका अनुसार यो फेस्टिभलले यो वर्ष सम्ममा ६७ वर्ष पुरा गर्दैछ । यो फेस्टिभलको नयाँ संस्करणका लागि पनि विश्वव्यापी फिल्महरु छनोट भएका छन् ।
‘यसरी एउटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको डेलिगेट हुन पाउनु मेरो लागि एउटा ठूलो अवसर हो, रेग्मी भन्छन्– ‘आज नेपालबाट बुसान, कान्स जस्ता फेस्टिभलमा जस्तै लण्डनको विश्वप्रसिद्ध तथा विशाल फिल्म फेस्टिभलमा डेलिगेटको रुपमा सहभागि हुन पाउनु आफैंमा ठूलो कुरा हो । अझ फिल्म एडिटरको रुप्मा यसरी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेलिगेटको रुपमा छनोट भएको शायद अरु कोही छैन होला, म नै पहिलो हो जस्तो लाग्छ । त्यसैले पनि म धेरै खुशी छु ।’
ब्रिटिश फिल्म इन्स्टिच्यूटको सहकार्यमा लण्डनमा हरेक वर्ष यो फेस्टिभल आयोजना हुँदै आइरहेको छ । यो वर्षको फेस्टिभल अक्टोबर ५ देखि १५ सम्म अर्थात दुई हप्तासम्म सञ्चालन हुनेछ ।
बिएफआई फिल्म फेस्टिभलमा विश्वका ७० भन्दा बढी देशका २४० वटा फिचर फिल्म तथा १५० वटा सर्ट फिल्महरु सहभागि हुन्छन् । फेस्टिभलका लागि विश्वभरीबाटै प्रोफेशनलहरुमध्येबाट डेलिगेटहरुको छनोट हुने आयोजक संस्थाले जनाएको छ । डेलिगेटहरुले फेस्टिभलको हरेक समारोह, सेसन तथा सम्मेलनमा भाग लिनु पर्ने हुन्छ । उनीहरुले मनोनयनमा परेका सबै फिल्महरु हेरेर निर्णायक मण्डलीलाई आफ्नो प्रतिक्रिया दिनु पर्ने हुन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २५, आईतवार २०:५२सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु
समाचार२०८३ आश्विन २५, आईतवार १८:०३अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा
समाचार२०८३ आश्विन २५, आईतवार ११:१४बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २५, आईतवार १०:३६एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया









