संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ मा लाइन र लालना (भिडियो)

शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा संगीतकार स्वयम् र अञ्जु पन्तको स्वर र प्रलाद शाहको शब्द रहेको छ । यस्तै माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ ।
कार्यक्रममा बोल्दै संगीतकार थापाले गीतलाई उत्कृष्ट बनाउन हरसम्भव कोसिस गरेको भन्दै अब दर्शक तथा समिक्षकबाट प्राप्त हरेक प्रतिक्रिया आफ्नालाई स्वीकार्य हुने बताएका छन् । यस्तै प्रमुख अतिथी सदस्य सचिव महराले आफुले संगीतकार थापाका गीतहरु सुन्ने गरेको भन्दै यो गीत पनि निकै मन परेको जनाइन । उनले थापा जस्ता अथाह प्रतिभाका धनी संगीतकारहरुलाई कसरी राज्यले थप सेवा सुविधा प्रदान गर्दै संरक्षण गर्न सक्छ त्यसमा आफु लागिपर्ने प्रतिवद्धता समेत जनाएकी छिन । गायिका समेत रहेकी सदस्य सचिव महराले संगीतकार थापाको सृजना गीतमा प्राण भर्न सफल रहने गरेको भन्दै मुक्त कण्ठले प्रसंसा समेत गरेकी छिन ।
कार्यक्रममा सम्बोधन गर्दै बरिष्ठ संगीतकार राजु सिंहले आफु संगीतकार थापाको ठुलो प्रसंसक रहेको जनाए । जहिले पनि केही न केही नविनतम् सृजना पस्कने थापाको खुबी रहेको भन्दै उनले भने – ‘संगीतमा साधना र संस्कारले ठुलो अर्थ राख्छ, यि सबै कुरा संगीतकार थापामा छ । उनको साधना र तपस्या संगीतमा झल्कने गरेको छ ।’
यस्तै संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले थापा संगीतकार संघले मात्र नभएर सिङ्गो नेपाली संगीतले नै गर्व गर्ने संगीतकार भएको बताए । जस्तो सुकै परिस्थितिमा पनि निरन्तर संगीतमै सक्रिय रहेको भन्दै उनले संगीतकार थापा सक्रिय मात्र नभएर उत्कृष्ट संगीत साधक भएको पनि बताए ।
यस्तै चर्चित गायक शिव परियारले आफु संगीतकार थापाको सृजनाको फ्यान भएको जनाए । केही गीतमा सहकार्य समेत गरेको भन्दै शिवले आफु उनको संगीतमा गीत गाउन सधै आतुर रहेको समेत बताए । संगीत पढेर, बुझेर सृजनामा लागेकोले पनि उनको सृजनामा संगीत प्रतिको सर्मपण झल्कने उनी बताउँछन् । यस्तै गायक परियारले कलाकार चिमरियाको प्रसंसा गर्दै नेपाली म्युजिक भिडियो क्षेत्रले एउटा राम्रो कलाकार पाएको जनाए ।
कार्यक्रममा संगीत गुरु श्री केसी, फिल्म सोसाइटी नेपालका महासचिव राजेश बिसुराल, राष्ट्रिय लोक साँस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्याय, व्युटि पेजेण्ट एसोसियसनका महासचिव निशु कान्त झा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति राइट ट्युनका कार्यकारी निर्देशक शाहीले आफुलाई संगीतकार थापाको सृजना मन परेकैले आफ्नो कम्पनीले लगानी गरेको जनाए । उनले आफ्नो कम्पनीले उत्कृष्ट सृजना गर्ने हरेक श्रष्टासँग सहकार्य गर्दै अघि बढ्ने समेत बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २५, आईतवार २०:५२सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु
समाचार२०८३ आश्विन २५, आईतवार १८:०३अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा
समाचार२०८३ आश्विन २५, आईतवार ११:१४बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २५, आईतवार १०:३६एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया









