मिसेस नेपाल वर्ल्ड २०२३ को प्रतियोगितामा टप २३ जना प्रतिस्पर्धा गर्दै
प्रतिष्पर्धीहरुको आफ्नो परिचय र प्रतियोगितामा भाग लिनुको उद्देश्य बारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर्यन सिग्देल, चलचित्र निर्देशक दिनेश राउत, गायिका जुनु रिजाल, अभिनेता गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार सागर लम्साल, कार्यक्रम आयोजक अनुप सक्सेनालगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्पर्धीहरुले बिभिन्न चरणहरु पार गर्दै कात्तिक २ गते राजधानीमा सम्पन्न हुने फिनालेमा ताजका लागि प्रतिष्पर्धा गर्नेछन् । उत्कृष्ट २३ प्रतिष्पर्धीहरु अब ब्यक्तित्व विकास सम्बन्धि प्रशिक्षणमा ब्यस्त रहने छन् । फिनालेमा कोरियोग्राफर अश्विनी कान्त झाले कोरियोग्राफी गर्नेछन् । ‘मिसेस नेपाल वल्र्ड–२०२३’का बिजेताले यही डिसेम्बरमा अमेरिकामा हुने ‘मिसेस वल्र्ड–२०२३’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन्।
सोही समारोहमा ‘मिसेस नेपाल वल्र्ड–२०२३’का अन्य सवटाइटल बिजेताहरुको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताएका छन् । फिनालेमा ‘मिसेस वर्ल्ड –२०२२’ का बिजेता सरगम कैशलको पनि उपस्थिति रहने छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २७, शनिबार १४:०४बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २७, शनिबार ०८:१३‘कालमाण्डू’को ‘राधा’ गीत सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ भाद्र २६, शुक्रबार २१:११छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २६, शुक्रबार १६:३४एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा









