बिमानस्थल जग्गा प्रकरण: मिश्रालाई मुआब्जा नदिने निर्णय

रुपन्देही- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको रन-वे सहितको विबादित झण्डै ५ बिघा जग्गाको मुआब्जा नदिने निर्णय गरिएको छ ।
जिल्ला मुआब्जा निर्धारण समितिको आज बसेको बैठकले विमानस्थलको रन-वे तथा पर्खालभित्र रहेको विवादित जग्गाको मुआब्जा नदिने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिलला अधिकारी गणेश प्रसाद अर्यालले जानकारी दिनुभयो ।
भूमाफियाको योजनामा मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आर्चाय सहितको टिमले बिमानस्थल भित्रको जग्गा ४ बिघा १७ कठ्ठा ६ धुर जग्गा सिद्धार्थनगर ५ का पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरेको थियो ।
मालापोत कार्यालयले हदबन्दीका कारण फिल्ड बुकमा भए पनि कसैको नाममा दर्ता नरहेको उक्त जग्गा २०८० बैशाख ८ गते मिश्राको नाममा दर्ता गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले जग्गा दर्ता गर्ने सम्बन्धमा मालपोत कार्यालयले बिधि, प्रक्रिया, क्षेत्राधिकार, ऐन र कानुन कुनै ख्याल नै नगरी दर्ता गरिएको पाईएकाले मुआब्जा नदिने निर्णय गरिएको बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिका–५ का मिश्रको नाममा मालपोतले जग्गा दर्ता गरिदिएपछि मिश्राले गत बैशाख २७ गते मुआब्जा माग गर्दै गौतमबुद्ध विमानस्थल आयोजना कार्यालयमा मुआब्जा माग गर्दै निवेदन दिनुभएको थियो । त्यसपछि घटना बाहिरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी अर्यालको अध्यक्षतामा बसेको बैठकमा मालपोत अधिकृत ऋषिराम पौडेल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, विमानस्थल आयोजना प्रमुख ई. प्रवेश अधिकारी सहभागी थिए ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति








