अमेरिकाको तल्लो सदनबाट सभामुख केभिन निष्कासित

अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिरेन्टेटिभ्सको सभामुखबाट केभिन म्याकार्थी निष्कासित हुनु भएको छ । रिपब्लिकन सभामुख म्याकार्थीलाई हटाउनका लागि आफ्नै पार्टीका सांसद म्याट गेट्जले प्रस्ताव दर्ता गराउनु भएको थियो ।
गेट्सको प्रस्तावको पक्षमा २ सय १६ मत र विपक्षमा २ सय १० मत परेको छ । आफ्नै पार्टीका सभामुखलाई हटाउनका लागि ८ जना रिपब्लिकन सांसदले मतदान गर्नुभएको थियो ।
बहुमतका आधारमा सभामुखबाट म्याकार्थी सभामुखबाट हटाइनु भएको हो । यो कदमले रिपब्लिकन पार्टीभित्रको आन्तरिक तनाव सतहमा देखाएको छ । फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउन सोमबार सदनमा प्रस्ताव अघि सार्नु भएको हो ।
डेमोर्क्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको हो । म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा अन्तिम समयमा मुलुकलाई शटडाउनबाट बचाउन खर्च विधेयक पारित गराउनु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २५, सोमबार २१:३१रवि र बालेनलाई टेलिफोनबाट भारतीय प्रधानमन्त्री मोदीको बधाई
समाचार२०८२ फाल्गुन २५, सोमबार १८:१९नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी
समाचार२०८२ फाल्गुन २५, सोमबार १७:२६इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी
समाचार२०८२ फाल्गुन २५, सोमबार १३:४४एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ








