आजको मौसमः बागमती प्रदेश सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,१७ असोज
नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले बर्षा भईरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केहि स्थानहरूमा साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति भने कोशी, मधेस र बागमती प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ३०, बिहीबार २१:५१धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न
समाचार२०८२ माघ ३०, बिहीबार १८:३८वितृष्णालाई आशामा बदल्न राजनीतिक दलमा आत्मसुधार आवश्यकः उपसभापति शर्मा
खेलकुद२०८२ माघ ३०, बिहीबार १८:०६टी–२० विश्वकपमा इटालीसँग नेपाल १० विकेटले पराजित
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ३०, बिहीबार १५:३७एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या







