बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित

रुपन्देही- पश्चिम नेपालकै सबैभन्दा जेठो व्यवसायिक संस्था बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ ।
संघको २५औं अधिवेशन अन्तरगत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पराजित गर्दै अर्याल प्यानलसहित निर्वाचित हुनुभएको हो ।
नौ जना पदाधिकारी र १७ जना कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरे वाहेक अर्याल प्यानलककै उम्मेदवारले जितेका छन् । एक हजार ७ सय ७८ मतदाता रहेकामा १५०६ मत खसेको थियो ।
अर्याल संघका पूर्व वाणिज्य उपाध्यक्ष हुनुहुन्छ भने श्रेष्ठ वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । अर्याल यसअघिको अधिवेशनमा उज्ज्वल कसजूसंग अध्यक्ष पदमा प्रतिष्पर्धा गरेर पराजित हुनुभएको थियो ।
अर्याल र श्रेष्ठले नौ पदाधिकारी र १७ कार्यसमति सदस्य पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिष्पर्धा गरेका थिए । ७० वर्ष लामो इतिहास भएको संघमा यसपटक अध्यक्षका दुबै उम्मेदवार नेपाली कांग्रेस निकट हुन् ।
अर्याल प्यानलबाट उद्योग उपाध्यक्षमा नेकपा एमाले निकट सुरज भट्टराई निर्वाचित हुनुभएको छ । महासचिव पदमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल सचिव पदमा प्रतिक पोखरेल, सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल निर्वाचित भएका छन् ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ मंसिर २२, आईतवार २१:५३‘लोकन्ती’ को शिर्षक गीत सार्वजनिक
समाचार२०८२ मंसिर २२, आईतवार २०:४६हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
समाचार२०८२ मंसिर २२, आईतवार १९:१४चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज
समाचार२०८२ मंसिर २२, आईतवार १८:२७पाँच मन्त्रीहरु सहित ५५ जना विरुद्ध भष्ट्रचारको मुद्दा दायर







