Home समाचार बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित

0
बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित

रुपन्देही- पश्चिम नेपालकै सबैभन्दा जेठो व्यवसायिक संस्था बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ ।

संघको २५औं अधिवेशन अन्तरगत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पराजित गर्दै अर्याल प्यानलसहित निर्वाचित हुनुभएको हो ।

नौ जना पदाधिकारी र १७ जना कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरे वाहेक अर्याल प्यानलककै उम्मेदवारले जितेका छन् । एक हजार ७ सय ७८ मतदाता रहेकामा १५०६ मत खसेको थियो ।

अर्याल संघका पूर्व वाणिज्य उपाध्यक्ष हुनुहुन्छ भने श्रेष्ठ वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । अर्याल यसअघिको अधिवेशनमा उज्ज्वल कसजूसंग अध्यक्ष पदमा प्रतिष्पर्धा गरेर पराजित हुनुभएको थियो ।

अर्याल र श्रेष्ठले नौ पदाधिकारी र १७ कार्यसमति सदस्य पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिष्पर्धा गरेका थिए । ७० वर्ष लामो इतिहास भएको संघमा यसपटक अध्यक्षका दुबै उम्मेदवार नेपाली कांग्रेस निकट हुन् ।

अर्याल प्यानलबाट उद्योग उपाध्यक्षमा नेकपा एमाले निकट सुरज भट्टराई निर्वाचित हुनुभएको छ । महासचिव पदमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल सचिव पदमा प्रतिक पोखरेल, सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here