पोखरा । नेपालमा दशैको लहर चलेको छ अझ भन्नु पर्दा त यस चाडलाई ऐतिहासिक पर्वका रुपमा समेत हेरिन्छ। दशैलाई राष्ट्रिय चाड रुपमा मनाउन लागिएको छ। नेपालमा यसलाई दुई तरिकाले हेर्ने र मनाउने गरेको पाइएको छ। एउटा धार्मीक दृष्टिकोण र अर्को प्रगतिशिल दृष्टिकोणमा।नेपालमा यसको प्रमुख मान्यता नै धार्मिक रहेकोछ । अहिलेसम्म धार्मिक पक्ष लाई नै महत्व दिइदै आइएको छ । र यसलाई त्यहि रुपमा मनाउदै आइरहेका छौ । यसलाई माक्सवादीहरुले फरक रुपमा बुझ्ने र मनाउने गरेको पाईन्छ।
यसलाई पुरानै तरिकाले निरन्तरता दिने कि यसमा भएका सकारात्मक पक्षहरुलाई आत्मसाथ गरेर जाने भन्नेमा हामीहरु प्रष्ट विचार हुनु पर्छ । जनमतका आधारमा भन्ने हो भने अहिले नेपालमा बहुमत दशै मान्ने जनमत रहेको छ । यो जनमत भनेको छ अहिले सम्म चल्दै आएको ऐतिहासिक धार्मिक सांस्कृतिक परम्परागत जनमत हो ।
यसमा धेरै कुराहरु मिथक छन् । यसमा देवि देउताहरुलाई सबै कुरा पुरा गर्ने रुपमा लिइएको छ । जुन कुरा आस्था हो । अझ यसलाई यसरी पनि भन्न सकिन्छ कि राज्य संचालनको एउटा विधि नै देविदेउतालाई देखाएर शासकले शासन गर्ने बाटो बनाएका हुन । यसको धार्मिक,सांस्कृतिक र प्राकृतिक रुपमा गहिरो गरी व्याख्या हुन अहिलेपनि आवश्यक छ । यसको निरन्तरता नै हो । यसमा केहि परिवर्तन आउनु पर्छ ? अहिले होइन यसमा बहस भने पहिला देखिन भएको केहि पुस्तकको अध्ययन गर्दा देखिन्छ । अझ माक्र्सवादी पक्षका लेखकहरुले यसमा फरक धारणाहरु राखेका छन् । यसमा परिवर्तनको आवश्यकता महसुस गरेका छन् । तर दशैलाई नयाँ तरिकाले मनाउन चाहनेहरुको पनि जनमत उत्तिकै छ अथवा यसको वास्तविकता जनतले बुझ्न सकेनन । खोजीको र चासोको विषय यो पनि छ ।
अब यहाँ कुरा दशैको पक्ष विपक्षमा मात्र होइन ।अबको सांस्कृतिक यात्रा कता हो ?। किन हामी यसमा परिवर्तन ल्याउन चाहदैनौ ? हो बर्षायाम सकिएर शरद ऋतु सुरु हुन्छ । नयाँ ऋतुको आगमनसंगै नयाँ अन्नबाली भित्रयाउने समय हुन्छ । यसलाई हामीले धार्मिक रुपमा भन्दा पनि प्राकृतिक र खाद्यान्नसंग जोडेर हेर्न सक्नुपर्छ । किन अहिले पनि मर्यादापुरुष रामको विजयसंग जोडेर हेरिन्छ । किन अहिलेपनि महिषासुर राक्षस देवि भगवतिको हातबाट मारिएको भनि हामी निरन्तरता दिइरहेका छौ ।
अहिलेपनि दशैमा जनवारहरुको बलि दिएर देवि देउता खुशि बनाउने चलन छ । यो चलन धार्मिक र सांस्कृतिक रुपमा एकदमै परम्परागत रुढीवादी सांस्कृतिक हो । यदि यो एक्काइसौ शाताब्दीमा पनि मुर्ति अगाढि जनावरको बलि दिएर शक्ति आर्जन हुन्छ भनेर हामी चल्ने हो भने के साच्चै हामी धार्मिक हुन सक्छौ त ।यसो हुनु भनेको सबै कुराको विरोध गर्नु पर्छ भन्न खोजेको होइन । तर पनि हामीले चलाएका चलन चल्तीहरु कति वैज्ञानीक छन् कति समाजलाई प्रगतिको बाटोमा डोर्यानु खालका छन् यसको मूल्याङकन गर्न सक्नु पर्छ ।
हो हिलो धुलो काम सकेर ऋतु परिवर्तन भएको समय हो । नयाँ अन्न पाक्ने समय हो । यसलाई आराम गर्ने पर्वको रुपमा पनि लिएका छौ। किसानहरुका लागि मौसमका हिसाबले राम्रो मौसम हो । यहि मौसममा चाडबाडको रुपमा दशै मान्न थालेका हुनसक्छन् । अहिलेपनि यो चाडलाई यहि रुपमा मनाउन सकियो भने सबै नेपालीलाई अपनत्व हुन सक्छ कि ?
तर यहाँ त यो चाडलाई केवल हिन्दुहरुको चाड मात्र हो भन्छौ । तर यो फरक हो यो चाड सबैको साझा हो ।
दशैका सबै पक्ष नराम्रा छन् भन्न सकिदैन । केहि नभएपनि बर्षमा एक पटक सबैको जमघट हुन्छ । यसले भावनात्मक एकता । सामाजिक र पारिवारिक सम्बन्धमा एकता ल्याउछ । समबन्धहरुमा नयाँ आयाम थपिन्छ । पुराना पिढीहरुका अनुभवहरु धारणाहरुले नयाँ पिढीहरुलाई शिक्षित बनाउने काम गर्छ ।
गच्छे अनुसारको बनाउनु पर्छ कि चाडबाड
छिमेकीले दशैका मान्न किनेको खसि भन्दा आफ्नो खसि कुनै पनि हालतमा सानो हुनुहुदैन भन्ने मानसिकता छ टाढा हुनु पर्छ । यो भनेको फजुल खर्चको मानसिकता हो । खाने भनेको त परिवार संख्या हेरेर हो । तर हामीहरु यो सोच भन्दा फरक हुनखज्छौ हामीमा धाकको मानसिकता छ । समाजमा मानिएका गनिएका मानिसहरु झन् अगाडि देखिन्छन् यस्तो काममा । हुन पर्ने समाजका अगुहरुले समाजमा आउने भित्रिने बिकृति बिसंगतिलाई रोक्नु हो । तर अझै पढेलेखेका युवाहरु र अझ आफुलाई दशैको विषयमा फरक धारणा छ भन्नेहरु पनि फजुल खर्च र दशै तामझामका साथ मनाउन थालेका छन् । हामीले कुन संस्कृति र संस्कार सिकाउदै छौ भन्ने हेक्का सम्म कसैलाई छैन । अझ कसैले सोधि हाल्यो भने समाज अनुसार चल्नै पर्यो नि भन्छन् तिनैले । समाज अनुसार चल्ने नेतृत्वले कसरी समाजको देशको नेतृत्व गर्न सक्छ ? कसरी समाजअनुसार चल्ने नाममा परम्परागत र धार्मिक मूल्यमान्यताको बाहक बन्ने नेता हुनसक्छ । कसरी प्रगतिशिल हुन सक्छ ।
प्रगतिशिल भनेको नराम्रोको विरुद्ध नयाँ स्थापित गर्नु होइन र ? हो भने दैविक शक्तिले समाजपरिवर्तन हुन्छ र समृद्धि हुन्छ भनेर मान्छौ भने हामी कुन दर्शन र कुन विचारका अनुयायी हौ भन्ने कुरा स्पष्टता हुनुपर्छ ।
मुखले सर्वहार,किसान,गरीब र मजदुरका कुरा गर्ने व्यवहार पूँजीपतिका जस्तो गर्दा समाजले हामीबाट के सिक्छ ।हामीले के सिकाउदै छौ भावि सन्ततिलाई । दशैको नाममा भइरहृका विकृति विसंगतिका हामी बाहक बनिरहदा सम्म कसरी प्रगतिशिल रहुनसक्छौ र ।
समाजमा दशैको नाममा जुवा तास,विकृति विसंगति चलिरहको कुरा हामी मुकदर्शक बन्ने अनि समाज कसरी परिवर्तन हुन्छ । समाजलाई त गलत बाटोमा हिड्नबाट रोक्नु पर्छ ।
समाजमा चाडबाडमा नहुनेहरुको लागि अभिसाप बनिरहेको छ । यसमा ध्यान जानु पर्छ । नहुनेले आफुलाई समाजमा कमजोर असाय सम्झन्छ । हुने खानेहरुको धाक धम्कीको अगाडि नहुने निरही देखिन्छन् । चाडबाडमा फुर्ति देखाउने प्रवृतिले एकता होइन विभाजन नै ल्याउछ । यस्तो कुरा नगर्न हामीले झन सचेतना फैलाउन आवश्यक छ ।
शुभकामना आदान प्रदानको नाममा ठूल ठूला पार्टी प्यालेसमा गर्ने कार्यक्रमले कसलाई फाइदा भइरहेको छ । त्यहि पूँजीपति व्यापारीलाई । हुनु पर्ने हामीले गरेका सम्पूर्ण कार्यक्रम गरीब,किसान मजदुरको पक्षमा छन् कि छैनन् त ? तर यी ठूलठूला प्यार्टी प्यालेसमा हुने श्भकामना आदान प्रदानमा ती मजदुर किसान र गरीबहरुको प्रतिनिधित्व हुन्छ कि हुदैन त भनेर कसैले विचार गरेका छौ त ? अनि हामीले दिएको शुभकामना कसलाई हो यतिको फजुल खर्च गरेको सिमितका लागि मात्र भएन र।
त्यसैले सकिन्छ भने यस्ता चाडबाडहरुलाई हामीले कम खर्चिला,कम विकृति विसंगति युक्त,सदभाव ,एकता भातृत्वको चाडको रुपमा मनाउनु पर्छ । नकि औकात आक्ने रुपमा होइन ।
अझ हामीले त यस्तो विदालाई सदुपयोग गरेर विभिन्न खालका वैचारीक प्रशिक्षण चलाउन सक्दा झन राम्रो हुन्थ्यो ।देशभरी सप्रेक्षण हुने गरी बहस छलफल गर्नु पर्छ । दशैलाई सबैको साझा पर्व हो भन्ने मान्यता स्थापित गरि भातृको चाड तथा समृद्धिको चाड बनाउनुपर्छ ।
दशैंको वैज्ञानिक पक्ष
दशैंमा नवदुर्गाको पूजा गर्नुकोपछि प्रतीकात्मक एवं वैज्ञानिक महत्व पनि कम छैन । दशैंमा लगाउने टीकाको वैज्ञानिक पक्ष, बलिको बैज्ञानिक पक्ष, जमराको महत्व आदि पनि रहेका हुन्छन् । हामीले दशैंमा राख्ने जमरालाई सांस्कृतिक दृष्टिले दीर्घायूको प्रतीक मानिन्छ । तर, जमराको वैज्ञानिकता खोज्दा बिहान शारीरिक व्यायाम गरेपछि जौं र गहुँको जमराबाट बनेको जुस पिउँने हो भने रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ र धेरै रोगको निको समेत हुने कुरा वैज्ञानिक रुपमा पुष्टि समेत भईसकेको छ ।
जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गड्बडी, थाइराईड, नसासम्बन्धी रोगका बिरामीलाई फाइदा गर्दछ । त्यस्तै, क्यान्सर, डाइविटिजलगायतका रोगीले यस्तो जुस पिउँदा फाइदा हुने बताईएको छ । जौं र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायत बहुसंख्यक रोगबाट बच्न पनि नियमित यसको सेवन गर्न सकिन्छ ।
मानव शरीरमा रहेका सबै नाडीहरुमध्ये इडा, पिङ्गला र सुषुम्नालाई मुख्य मानिन्छन् । सुषुम्ना मस्तिष्कको मध्यभागबाट निधारतर्फ निस्केको हुन्छ । सुषुम्नालाई ज्ञानको प्रवाहक मानिन्छ । त्यसैले सुषुम्नामा पर्ने गरी नै दुई आखाको बीचमा पर्ने गरि टीका लगाइन्छ ।
निधारमा लगाइएको चन्दनले मानिसका विकारयुक्त किटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, मान्यता रहेको छ । चन्दन लगाउँदा मन शीतल हुन्छ भन्ने मान्यता समेत रहेको छ । मस्तिष्कको तातोपनालाई सन्तुलित राख्न पनि चन्दन टीका लगाउने गरिन्छ । यस्तै हरेक परम्पराको वैज्ञानिक महत्व रहेको पाईन्छ ।
दशैंको ऐतिहासिक पक्ष
अर्काे तर्फ दशैंको ऐतिहासिक महत्व पनि उस्तै छ । ऐतिहासिक रुपमा यो पर्व यही मितिदेखि सुरु भयो हो भनेर त अहिलेसम्म पत्ता लागिसकेको छैन । तर, यो आजभन्दा लगभग ०७ हजार वर्ष पहिलेदेखि नै सुरु भएको अनुमान गरिएको छ ।
प्राचीन पूर्वीय सभ्यता सिन्धुघाँटीको सभ्यताको समयदेखि नै यसको सुरु भएको अनुमान गर्ने गरिएको छ । त्यसपछिको वैदिककालमा देवी र शक्तिको पूजा गर्ने प्रचलन पनि रहेकोले वैदिककाल भन्दा अघि नै यसको सुरुवात भएको मान्न सकिने आधार रहेको छ । त्यसैले सबैभन्दा पुरानो सभ्यताको समयदेखि चलेको यो चार्डको ऐतिहासिक महत्व पनि निकै रहेको मान्न सकिन्छ ।
सामाजिक महत्व तर्फ यो चार्ड भातृत्व र एकताको पर्व हो । विभिन्न कारणले परिवारबाट छुटेकाहरुले एकैठाउँमा भेला भएर एक आपसमा खुशी साँट्ने गर्दछन् । त्यसैले यो पर्वको महत्व निकै धेरै रहेको छ । वर्षमा एक पटक भएपनि राम्रो लगाउने र मिठो खाने गरिन्छ । यसले गर्दा सधैंभरीको पीडालाई केही दिन भए पनि भुलाउन मद्दत गर्दछ । त्यस्तै, अर्काेतर्फ यसमा प्रयोग गरिने कुपिण्डो, जमरा जस्ता औषधिमूलक फलफूलहरु समेत दशैंसँगै आउने गर्दछ । यसले चिकित्साको क्षेत्रमा पनि निकै महत्व दिने गरेको छ । त्यस्तै, आर्थिक महत्व अन्तर्गत् खेती गरेर खेती भित्र्याईसकेका वा भित्र्याउने बेला नभएर फुर्सद भएको बेलामा यस्तो पर्व मनाईन्छ । यो पर्वमा निकै आर्थिक चहलपहल हुने भएकोले आर्थिक क्षेत्रमा पनि यसको महत्व निकै रहेको मान्न सकिन्छ ।
अन्त्यमा:चाडपर्वलाई भड्किलो होइन भातृत्वको रुपमा मनाउँ हुने र नहुने वर्गको खाडललाई पुरा गरि हाम्रा साझा चाडबाडमा सबैको भन्ने भावनात्मक सम्बन्ध कायम गरौ ।यहि छ मेरो बडा दशैको शुभकामना शुभकामना छ दशैको ।
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोकस्तुते ।।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८१ आश्विन १८, शुक्रबार १४:५६बन्द कोठाबाट प्रदान गरिने न्याय कति सार्थक छ ?
- कला, विचार/मनोरञ्जन२०८० पुष ९, सोमबार १५:२२केशव गाैतमद्वारा मन्त्री सुदन किराँती ज्यूलाई खुला पत्र
- कला, विचार/मनोरञ्जन२०८० पुष १, आईतवार ११:२५प्रकृतिको अनुशरण र माया गरेको खोइ त !
- कला, विचार/मनोरञ्जन२०८० मंसिर १९, मंगलवार १४:०६सुशासनको कार्यन्वयनमा नेपालको उदानसिनता