पोखरा । मानव एक चेतशिल प्राणी जुन अरु सजिव भन्दा फरक तरिकाले आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा सबल र सक्षम छ । मानिसले गर्ने गतिविधि र अरुले गर्ने गतिविधिमा फरकपना देखिन सक्छ ।प्रकृति र मानिसको बीचमा धेरै गहिरो सम्बन्ध छ।  दुवै एक अर्काका पूरक हुन् ।  मानिसका लागि पृथ्वी घरको आँगन, आकाश छाना, सूर्य-चन्द्र-तारा, बत्ती, सागर-नदीको पानीका भाँडा र रुख-बिरुवाहरू भोजनका साधन हुन्।

प्रकृति र मानिसको बीचमा धेरै गहिरो सम्बन्ध छ।  दुवै एक अर्काका पूरक हुन् ।  मानिसका लागि पृथ्वी घरको आँगन, आकाश छाना, सूर्य-चन्द्र-तारा, बत्ती, सागर-नदीको पानीका भाँडा र रुख-बिरुवाहरू भोजनका साधन हुन्।  यति मात्र होइन, प्रकृतिभन्दा मानिसको लागि उत्तम गुरु अरू कोही छैन।  मानिसले आजसम्म जे पनि हासिल गरेको छ, त्यो प्रकृतिबाट सिकेर मात्रै गरेको छ ।

न्युटनजस्ता महान् वैज्ञानिकलाई प्रकृतिले गुरुत्वाकर्षण सहित धेरै पाठ सिकाएको छ भने कविहरूले प्रकृतिको संगतमा बसेर धेरै कविता लेखेका छन् ।  त्यसैगरी सर्वसाधारणले प्रकृतिका सबै गुणलाई बुझेर आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याएका छन् ।

वास्तवमा प्रकृतिले हामीलाई धेरै महत्त्वपूर्ण पाठ सिकाउँछ।  उदाहरणका लागि, शरद ऋतुको अर्थ रूखहरूको अन्त्य होइन।  आफ्नो जीवनमा यो पाठ आत्मसात गर्ने व्यक्ति कहिल्यै असफलता डराउँदैन।  हरेक असफलता पछि, यस्तो व्यक्ति विचलित नभई नयाँ सफलता हासिल गर्ने प्रयास गर्दछ।  तिनीहरूले सफलता प्राप्त नगरेसम्म यो गरिरहन्छन्।  त्यसैगरी फलफूलले भरिएका तर तलतिर झुकेका रुखहरूले सफलता र कीर्ति वा धनी भए पनि नम्र र सभ्य रहन सिकाउँछन्।  उपन्यासकार प्रेमचन्दका अनुसार जीवनमा प्रकृतिको जस्तै साहित्यमा पनि आदर्शवादको स्थान छ ।  सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि प्रकृतिमा सबैको आफ्नै महत्त्व छ।  एउटा सानो कीरा पनि प्रकृतिका लागि उपयोगी हुन्छ, मत्स्य पुराणमा एउटा रुखलाई सय सन्तान भएको वर्णन गरिएको छ ।  यसै कारणले रुखको पूजा गर्ने चलन छ ।  पुराणमा भनिएको छ कि जसले नयाँ रुख रोप्छ उसले जति वर्ष लगाएको रुख फल्छ उति बर्ष स्वर्गमा फल्छ ।  प्रकृतिको सबैभन्दा ठूलो विशेषता यो हो कि उसले आफ्नै चीजहरू खाँदैन।  जसरी नदीहरूले आफ्नो पानी आफैं पिउँदैनन्, रूखहरूले आफ्नो फल आफै खाँदैनन्, त्यसरी नै फूलहरूले आफ्नो सुगन्ध वायुमण्डलमा फैलाउँछन्।  यसको मतलब प्रकृतिले कसैलाई पनि भेदभाव तथा भेदभाव गर्दैन, तर जब मानिस प्रकृतिसँग अनावश्यक खेलवाड गर्छ तब उसलाई रिस उठ्छ।  जसलाई यसले खडेरी, बाढी, डुबान र हुरीबतासको रूपमा व्यक्त गरेर समय समयमा मानिसलाई सचेत गराउँछ।

प्रकृतिका हरेक अंशहरुले नियम पालना गरेका हुन्छन् । प्रकृतिबाट मानिसले अनगिन्ती जीवनोपयोगी मार्गदर्शन पाउन सक्दछ । यदि मानिसले आफूलाई जस्तै प्रकृतिका हरेक अंशहरुलाई सम्मान र माया गर्ने हो भने मात्रै यस धर्तीमा उसको अस्तित्व सम्भव रहन सक्दछ, अन्यथा कालान्तरमा मानिसको अस्तित्व नै मेटिन पनि सक्दछ । यसो गहिरिएर सोच्ने हो कि भने प्रकृतिका हरेक अंशहरुले मानिसहरुलाई सहयोग र समर्थन गरेको पनि देखिन्छ । प्रकृतिले व्यक्त गर्न सक्दैन, तर मान्छेले प्रकृतिले व्यक्त गर्न खोजेको कुरा बुझ्नु जरूरी हुन्छ ।

मानवले जीवन जिउने क्रममा केही असहज महसुस गरेमा वरिपरि रहेका बोटबिरूवाहरुमात्रै बाट पनि धेरै ठूलो प्रेरणा र जीवन जिउनुका आधारहरु फेला पार्न सक्दछ । मान्छेलाई थकाइ तथा मुड अफ भएको अवस्थामा एकान्त चाहिन्छ । वास्तवमा त्यो एकान्त होइन, मात्र त्यसबेलामा  प्रकृतिको साथ हो जसले मान्छेलाई चुस्त, दुरूस्त र फूर्तिलो बनाउन मद्दत गर्दछ । उदाहरणका लागि हामीलाई केही काम गर्दै जाँदा असफलता मिल्यो भने अरु केही पनि गर्न जाँगर नै चल्दैन ।

सबैभन्दा महत्वपूर्ण कुरा हामी बाँच्नका लागि चाहिने अत्यावश्यक अक्सिजन रुखबिरूवाले दिएको छ । वास्तवमा रुखबिरूवाबिना हाम्रो जीवन सम्भव नै छैन, तर हामीबिना रुखबिरूवाको जीवन अवश्य पनि सम्भव छ । यी सबै कुराहरु सोच्दै गर्दा जस्तो सुकै परिस्थितिमा पनि धैर्यधारण गर्नु, आफ्नो काम गर्दै जानु र फलको आशा नगर्नु, (भनिन्छ गितामा एउटा श्लोक छ नि 

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।।2.47।।

यसको अर्थ:-तिम्रो अधिकार कर्तब्यमा मात्र निहित हुन्छ, फलमा कदापि हुँदैन।  तसर्थ कर्मको फलमा आशक्ति नहोस् र कर्ममा पनि आबद्ध नहुनुहोस्।

आफ्नो लागिभन्दा पनि अरुका लागि बाँच्नु, समय र परिस्थितिअनुरुप आफूलाई प्रस्तुत गर्दै जानु भन्नेजस्ता जीवनोपयोगी मर्गदर्शनहरु मात्र एउटा वृक्षबाट प्राप्त गर्न सकिन्छ ।वास्तवमा जीवजन्तु र वनस्पतिले आफ्नो अस्तित्व कायम गर्न एकअर्कालाई आफूअनुकूल प्रयोग गर्ने गर्दछन् र आफ्नो वृद्धि, विकास र विस्तार पनि गर्दै आएका छन् । शाकाहारी, मांसाहारी, सर्वभक्षी र परजीवी प्राणीहरु यसका केही ज्वलन्त उदाहरणहरु पनि हुन सक्छन् । रुखबिरूवाहरुले आफ्नो वृद्धि, विकास र विस्तार नगरेको भए घना जंगलहरु पनि हुने थिएनन् होला । त्यसैगरी, मानिसले आफ्नो वृद्धि, विकास र विस्तार नगरेको भए घर, गाउँ हुँदै ठूल्ठूला सहरहरुको पनि सम्भावना थिएन होला । त्यसैले त आफ्नो विस्तार गर्नु सजीव हुनुको एउटा विशेषता पनि हो । भन्न खोजेको कुरा के हो भने हामी विवेकशील प्राणी हुनुको नाताले प्रकृतिले हामीलाई उपहारस्वरुप प्रदान गरेका हरेक अंशहरुको अस्तित्वलाई आफूसरह सम्मान गर्नु नै विवेकशील मानवको प्रमुख धर्म हो । 

      आफू र आफ्नो सन्ततिका लागि आजमात्रै नभएर भोलिका लागि पनि सञ्चित गर्दै गयो । कालान्तरमा यो संस्कारको रुपमा विकसित भएर आयो । त्यसैले त एउटै धर्तीमा पनि कोही आफूलाई चाहिनेभन्दा बढी सञ्चय गरेर राखेका छन् भने कोही भोकभोकै मर्न बाध्य छन् । भनिन्छ नि, संसारमा दुई प्रतिशत कथित धनाढ्यहरुको कारणले गर्दा बाँकी ९८ प्रतिशत मानिसहरुको जीवन अप्ठ्यारोमा परेको छ । विवेकी हुँदाहुँदै पनि मान्छेले आफूले कब्जा गरेको प्राकृतिक स्रोत र साधनहरु बाँडेर वा दिएर जानुभन्दा छोडेरै मर्नु उत्तम ठान्दछ ।

       अन्त्यमा :- प्रकृतिले अमूल्य वरदानस्वरुप दिएका असीमित स्रोत र साधनहरुको अनियन्त्रित रुपमा आफूअनुकूल प्रयोग, उपयोग र कब्जा गर्दै गयो । आफू र आफ्नो सन्ततिका लागि आजमात्रै नभएर भोलिका लागि पनि सञ्चित गर्दै गयो । मान्छे अब स्वयं ‘जेनेटिकली मोडिफाइड’ प्राणी बन्दै छ । यो यात्रा कहाँ पुगेर रोकिन्छ भन्न सकिन्न, तर आजको समाजमा हलिवुडका काल्पनिक चलचित्रमा देखाइएजस्तै ‘जेनेटिकली मोडिफाइड’ मान्छेहरूको प्रवेश भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *