गोरखा दरवारको दसैँ घरबाट हनुमानढोका दरवारका लागि फूलपाती पठाइयो

गोरखा- गोरखा दरवार स्थित दसै ंघरबाट काठमाडौंको हनुमानढोका दरवारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरीे आज बिहान ८ बजेको शुभसाइतमा फूलपाती सहितको डोली हनुमान ढोका दरवार पठाइएको गोरखा दरवारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

दरवारका सुसारेले फूलपातीको डोली बा २ झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरवार पठाएका हुन् । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरवार पुर्याएपछि आज साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरवारमा फूलपाती भित्र्याउने प्रचलन रहेको उहाँले बताउनुभयो ।

गोरखा दरवारको दसैँ घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डौको हनुमानढोका दरवारबाट राजकाज सुरु गरेदेखि वर्षेनी वडादसैँको सातौ दिन गोरखा दरवारको दसैँघरबाट फूलपाती सहितको डोली काठमाण्डौको हनुमानढोका दरवारमा पु¥याएर भित्र्याउने प्रचलन रहदै आएको मूलपुरोहित भट्टराईको भनाई छ ।

गोरखा दरवारको दसैँ घरबाट फूलपातीको डोली दरवारका सुसारेहरुले बोकेर ल्याई गाडीमा राखेर हनुमान ढोका दरवार पठाइएको हो । दरवारस्थित दसै घरबाट बाजागाजा सहित र्याली निकाली गोरखाबाट फूलपातीको बिदाई गरिएको उहाँले बताउनुभयो ।

गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठ लगायतले दरवारबाट फूलपातीको बिदाई गरेर पठाउनु भएको हो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न








