‘आउँछु घर दशैंमा’ भन्दै मनोहर र मन्जु(भिडियो)

काठमाडौं । के गाउँ के शहर नेपालीहरुको महान पर्व वडा दशैँ घर आँगनमा आइसकेका बेला दशैंसँग सम्बन्धित गीत संगीतहरु पनि धमाधम रिलिज भइरहेका बेला ‘आउँछु घर दशैंमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा कलाकार भुवन के पोख्रेल र अनिसा पराजुलीको अभिनय देख्न सकिन्छ । गीतमा गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वरमा रहेको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायक भण्डारीकै रहेको छ ।
जसमा एरेन्ज जय देवकोटाको रहेको छ भने उक्त गीतको म्युजिक भिडियो गायक भण्डारीकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । बिदेशमा रहेका युवक दशैंको छेको पारेर घर फर्किदै गरेको दृश्य देखाइएको भिडियोमा मोडलद्धय भुवन र अनिसा गज्जबसँग खुलेका छन् । प्रदेशबाट घर फर्किदा कति खुशी लाग्छ भन्ने यर्थाथलाई भिडियोमा देखाउन खोजीएको छ । प्रवेश पोखरेलको छायांकन तथा सम्पादन रहेको सार्वजनिक गीतको निर्देशन मनोहर भण्डारीले गरेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १७:१८स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन आवश्यक सुझाव दिनुस् :स्वास्थ्यमन्त्री









