तामाङ संस्कृतिमा आधारित चलचित्र ‘चारदाम’को पोस्टर सार्वजनिक

काठमाडौँ। नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर चलचित्र ‘चारदाम’को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चारदामको पोस्टर निर्माण युनिटले सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरुलाई अटाइएको छ । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।
चलचित्रको यतिबेला पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको चलचित्रका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले जानकारी गराए । उनका अनुसार चाडैं इटहरीको इलाइट सिनेमा हलमा विशेष प्रदर्शनी गरिने तयारी भैरहेको छ । चलचित्रलाई आगामी मङ्सिरको पहिलो साता देशव्यापी प्रदर्सन गर्ने निर्माण युनिटको योजना रहेको छ ।
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, शान्ती पाख्रीन, मदन राई, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । प्रेम कृष्ण बजगाईले संगीत गरेको चलचित्रमा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २, बिहीबार १८:२६अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ: गभर्नर पौडेल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १८:१६चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २, बिहीबार १८:१५नीलकण्ठ नगरपालिकाको गत आर्थिक बर्षको बार्षिक समिक्षा सम्पन्न
समाचार२०८२ आश्विन २, बिहीबार १७:५८‘बिजनेस रिकभरी प्लान’ मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको छ: अर्थमन्त्री खनाल