‘मोडल हन्ट नेपाल २०२६’को लागि ४२ प्रतियोगी छनौट

‘मोडल हन्ट नेपाल २०२६’को लागि ४२ प्रतियोगी छनौट

। प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट २६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।


काठमाडौँ । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट २६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।

प्रतियोगीताको यो १० औं सिजन हो । यो सिजनको मुख्य प्रायोजक नोथिङ स्मार्ट फोन रहेकोले प्रतियोगीता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

छानिएका प्रतियोगीहरु एक महिनाको प्रशिक्षण सहित फाइनलको तयारीमा लाग्नेछन् । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ । प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा आगामी सेब्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ । प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने अध्यक्ष धमलाको विश्वास छ । प्रतियोगीताको फाइनल २४ जुलाई अर्थात साउन ८ गते आयोजना हुनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   7   =