Home समाचार पीडितसँग राष्ट्रपति पौडेलः भूकम्प पिडितलाई कुनैपनि समस्या हुन नदिन सरकारसँग राष्टपतिको आग्रह

पीडितसँग राष्ट्रपति पौडेलः भूकम्प पिडितलाई कुनैपनि समस्या हुन नदिन सरकारसँग राष्टपतिको आग्रह

4
Google search engine

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट र रुकुमपश्चिममा भूकम्पबाट क्षत विक्षत भएका संरचनाहरुको स्थलगत अवलोकन गर्नुभएको छ ।

आफ्नो युरोप भ्रमण स्थगित गरि भूकम्पपिडितहरुको पीडामा मल्हम लगाउन र उनीहरुको अवस्थाका बारेमा बुझ्न भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएका राष्ट्रपति पौडेलले आवश्यक बसोबास, खाद्यन्न लगायत सबै कुराको प्रबन्ध हुने आश्वासन दिलाउँदै भूकम्पपिडितहरुलाइ चिन्ता नलिन आग्रह गर्नुभयो ।

जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते भएकाहरुलाइ भेटेर राष्ट्रपति पौडेलले उनीहरुको गुनासो समेत सुन्नुभयो । यस्तै उहाँले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ ।

घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी त्ससको व्यवस्थापन हुने र त्यसका लागि सरकारसँग कुरा गरेर आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी राष्ट्रपति पौडेलले भेरी–३ स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचनाको अवलोकन गर्नुभएको छ । राष्ट्रति पौडेलले पहिले आफू सो ठाउँमा गएर बसेको स्मरण गर्दै तत्काल त्याहाँ पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताउनुभयो ।

ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरु तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घरसमेत उहाँले अवलोकन गर्नुभयो ।

राष्ट्रपति पौडेलले दीर्घकालीन रुपमा सोचेर उपयुक्त ठाउँको पहिचान गरेर मात्र भत्किएका संरचनाको पुनः निर्माण गरिने तर अहिले बाँचेकाहरूलाइ जाडोयाम र वर्षाका बेलामा समस्या नहुने गरी अस्थायी बसोबासको कुरा पहिलो प्राथमिकतामा हुनुपर्ने उल्लेख गर्नुभयो ।

वास्तविक पिडितको पहिचान गरि राहत तथा उद्दारको कामलाइ पारदर्शी र प्रभावकारी बनाउन राष्ट्रपति पौडेलले स्थानीय जनप्रतिनिधिहरुलाइ आग्रह समेत गर्नुभयो ।

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो भने घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराउनुभएको थियो ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुग्नुभएको हो ।

उहाँका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्थ्यो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here