कोरोनामा बन्द भएका उत्तरी गोरखाका दुई वटा नाका अझै खुलेनन्

गोरखा- गोरखाको हिमालपारिका गाउँहरु चुमनुब्री गाउँपालिका को वडा नम्बर १ सामागाउँको रुइला नाका र वडा नं ७ छेकम्पारको ङुईला नाका अझै खुल्न सकेको छैन ।
बिगतमा किरोनाका कारण यी नाकाहरु बन्द भएपनि अझै कुनै पहल नहुँदा यहाँका स्थानीय समस्यामा परेका छन ।
नाका बन्दको करणले यस क्षेत्रका बासिन्दाहरु दैनिक उपभोग्य सामानहरु समेत किन्न पाइरहेका छैनन ।
उत्तरी नाका बन्द हुनु र बर्षाको समयमा तल तिरको बाटोमा पहिरो जाँदा चामल र तेल महँगो मुल्य तिरेर पनि खान नपाउने अवस्थामा यहाँका स्थानीय पुगेका छन ।
यहाँ चामल प्रति वोरा ५५०० रुपैँया र तेल आधा लिटरको २५० रुपैँया तिर्दा पनि किन्न पाइन्न ।
चुनाबको बेलामा राजनीतिक दलहरुले दुबै नाका खुलाउने अश्वासन दिएपनि अहिलेसम्म कुनै पहल नहुँदा स्थानीय चिन्तित छन ।
विभिन्न संचार माध्यमहरुले दुबै नाका खुलेको समाचार बेला बखद दिँदै आएपनि नाका भने नखुलेको स्थानीयहरुको गुनासो रहेको छ ।
छिमेकि मुलुकले बोर्डर पास बनाएर र नविकरण गरेको हुनु पर्ने पत्र अनुसार बोर्डर पास बनाई तिब्बतमा गएको तर सिमाना बाटै फर्काइ दिएको कुरा स्थानीय छिरिङ जाङ्बो लामा बताउनुहुन्छ ।
दुबै नाका खुलाउन वडाका प्रतिनिधिहरु र पालिका प्रमुख एवं स्थानीय बुद्धिजिविहरुले आ-आफ्नो ठाउँबाट पहल गरेपनि नाका खुलेको छैन्न ।
वर्षाको समयमा पहिरोले गर्दा दैनिक खाद्यान्न पाउन मुस्किल हुने र अहिले हिउँले नाका पनि त्यसै बन्दा हुने स्थानीयहरुको दुखेसो रहेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल








