भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया छैटौंपटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल

काठमाडौं- आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्वकप क्रिकेटको उपाधी जितेको हो । अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्वकप उपाधी हासिल गर्न सफल भएको हो ।
अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको थियो ।
४७ रनमा नै पहिलो तीन विकेट गुमाएपनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए । ट्राभिसले विश्वकपको फाइनल खेलमा शतकीय पारी खेले । उनले १२० बलमा १३७ रन बनाए ।
यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भएका थिए । उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे ।
त्यसअघि भारतका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए । साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए ।
साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ/नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई-दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक/एक विकेट लिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८० मंसिर १५, शुक्रबारएनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
समाचार२०८० मंसिर १५, शुक्रबारजलवायु मैत्री विकास रणनीतिहरुबारे राष्ट्रसंघीय सम्मेलन गर्न नेपाल तयार छ: प्रचण्ड
समाचार२०८० मंसिर १५, शुक्रबारथोपा सिचाईको लागि सल्यानटारको सहकारीलाई पानी तान्ने मेसिन हस्तान्तरण
समाचार२०८० मंसिर १५, शुक्रबारप्रमुख प्रशासकीय अधिकृत हुदाहुदै अर्का अधिकृत ल्याएको भन्दै उपाध्यक्षको नेतृत्वमा गल्छी गाउँपालिकामा ताला