महाकालेश्वर “क” टोल विकास संस्थाको अध्यक्षमा घिमिरे

पोखरा । महाकालेश्वर “क” टोल विकास संस्था पोखरा ११ फूलवारीको तेश्रो वार्षिक साधारसभा तथा दोश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले दामोदर घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रुद्रनाथ घिमिरे, सचिवमा सोमलाल तिवारी, कोषाध्यक्षमा जगन्नाथ बास्तोला, सह-सचिवमा सिता आचार्य, सदस्यहरुमा क्रमश: चेत बहादुर हमाल, विक्रम श्रेष्ठ, दिपेन्द्र ढकाल(राजु), सुशिला घिमिरे, विष्णु बहादुर छेत्री र तुला पुन निर्विरोध निर्वाचित भएका छन। संस्थाका अध्यक्ष कर्नेल डिल्लिराम बास्तोलाको अध्यक्षता तथा पोखरा ११ का जनप्रतिनिधि सुशिल बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव सोमलाल तिवारीले कार्यक्रम संचालन गरेका थिए।
उक्त कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदन माथि समेत छलफल गरि पारित गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १२, सोमबार २१:२१नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता
समाचार२०८३ आश्विन १२, सोमबार २०:२३बाढी-पहिरोका कारण ६२० मेगावाट बिजुली प्रणाली बाहिर
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १२, सोमबार १५:४१सरकारले जनसंख्या बढाउन बिदा र प्रोत्साहनको कानुनी व्यवस्था गर्दै
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १२, सोमबार १०:१५‘द एभरेस्ट ड्रीम’ले शिम्लामा जित्यो स्पेशल जुरी अवार्ड








