नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

धादिङ,१२ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि धादिङका युवा नेता सन्तोष बस्ताकोटीले युवा खुलातर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ। नीलकण्ठ नगरपालिका–१४ धुवाकोटबाट कांग्रेसको संगठन निर्माणमा सक्रिय रहँदै आउनुभएका बस्ताकोटीले पार्टीभित्र आफ्नो राजनीतिक सक्रियता, संगठन निर्माणको अनुभव र युवाको प्रतिनिधित्वलाई मुख्य आधार बनाएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराउनुभएको हो।

धुवाकोटमा कांग्रेसको संगठन निर्माणको प्रारम्भिक चरणमा ४२ मतबाट सुरु भएको आफ्नो राजनीतिक यात्रा अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्म आइपुगेको बस्ताकोटीले बताउनुभएको छ।पार्टी संगठन निर्माणका क्रममा विभिन्न चुनौती र संघर्षका बीच आफू निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उहाँले कांग्रेसलाई थप सुदृढ बनाउन र युवाको आवाजलाई पार्टी नेतृत्वको केन्द्रसम्म पुर्‍याउने उद्देश्यले उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ।

“४२ भोटबाट सुरु भएको धुवाकोटको कांग्रेस निर्माणको यात्रा आज केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्म आइपुगेको छ,” बस्ताकोटीले भन्नुभएको छ, “त्यही अनुभव, निष्ठा र युवाको आवाजलाई नेतृत्वको केन्द्रसम्म पुर्‍याउने संकल्पसहित उम्मेदवारी दिएको हुँ।”

बस्ताकोटीले आफ्नो राजनीतिक यात्रामा साथ दिने नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग र अमूल्य मतको अपेक्षा गर्नुभएको छ।कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको सहभागिता र प्रतिनिधित्वको विषय पनि चर्चामा रहेका बेला बस्ताकोटीको उम्मेदवारीलाई धुवाकोटबाट पार्टी संगठनमा सक्रिय युवाको प्रतिनिधित्वका रूपमा प्रस्तुत गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   2   =