Home कला, विचार/मनोरञ्जन रबिन तामाङको सम्झनामा सांगीतिक कार्यक्रम हुने

रबिन तामाङको सम्झनामा सांगीतिक कार्यक्रम हुने

1
0
रबिन तामाङको सम्झनामा सांगीतिक कार्यक्रम हुने

काठमाडौं । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । एक्सिसले नेपाल टुर अन्तर्गत काठमाडौंमा पहिलोपटक ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत आफ्नो गीत सुनाउन लागेको हो ।

व्याण्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरु ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ ।

कार्यक्रममा रबिन एण्ड द न्यू रिभोल्युसनका सदस्यहरुसँग मिलेर अन्य गायकहरुले ‘नेपाल’, ‘भुलमा भूल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायतका गीत पनि सुनाउनेछन् ।

कार्यक्रमका लागि टिकटहरु ई–सेवामा उपलब्ध रहेको आयोजकले जनाएको छ । गायक रोबिनको गत जुलाई ४ मा निधन भएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  सुदिप र शान्ती श्रीको नयाँ गीत ‘बारुलाको गोलो’ मा उषा र रमेश (भिडियो)
Previous articleकोल्बुङ बस दुर्घटना अपडेटः मृतकको सङ्ख्या तीन पुग्यो
Next articleचलचित्र ‘दुई कदम’ को रोमान्टिक गीत सार्वजनिक