स्वास्थ्य विभागले डिपीआर नपठाउँदा सुर्खेतको चिङ्गाडमा अस्पताल निर्माणको काम अलपत्र

सुर्खेत- जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको चिङ्गाड गाउँपालिकामा निर्माण गर्न लागिएको १५ शैयाको अस्पतालको निर्माण कार्य अलपत्र परेको छ ।
स्वास्थ्य सेवा विभागले अस्पताल भवन निर्माणका लागि नयाँ डीपीआर स्वीकृति गर्न ढिलाई गर्दा भवन निर्माणको काम अघि बढन नसकेको हो । स्वास्थ्य विभागले पहिलेको डीपीआरलाई अमान्य गर्दै पुनः गर्नु भने पनि अस्पताल निर्माणका लागि अझै सम्मपनि डिपिआरको पठाएको छैन । अस्पताल निर्माणका लागि सरकारले पहिलो चरणमा पठाएको १ करोड रुपैयाँ शिलन्यासमा खर्च भइ सकेको छ ।
गाउँपालिका कार्यालयले उक्त एक करोड मध्ये १५ लाखमा डीपीआर र ८५ लाख पेश्की दिँदै २०७८ असार २५ गते अस्पताल भवन निर्माणका लागि बाँकेको गाल्वा÷ओली जेवीसँग सम्झौंता गरेको थियो । जग्गा आफ्नो नाममा नलिइ निर्माण सुरु गरेको भनि विवाद आएपछि पुन: नयाँ डिपिआर गर्नु परेको हो । अहिले मन्त्रीपरिषदबाट जग्गा अस्पतालको नाममा आइसकेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समिक्षा सोमैले पनि अस्पताल भवन निर्माणका लागि विभिन्न मन्त्रालयदेखि सरकारी कार्यालयहरुसँग समन्वय तथा सहयोग भईरहेको बताउनु भयो । उहाँले अस्पताल भवन निर्माण ठेकेदारसँगको पहिलेको सम्झौता अवधि सकिएपनि नयाँ प्रक्रियाबाट निर्माणमा जुट्ने तयारी भईरहेको बताउनु भयो ।
उता अस्पताल भवन निर्माण ठेकेदार कम्पनी गाल्वा-ओली जेवीका संचालक भूपाल ओलीले आफ्नो तर्फबाट कुनै कमिकमजोरी नराखेर तोकिएकै समयमा सम्पन्न गर्ने गरी ५ प्रतिशत काम गरिरहेकै बेला गाउँपालिकाबाटै निर्माण रोक्न निर्देशन आएपछि हालसम्म काम अघि बढ्न नसकेको बताउनु हुन्छ ।
‘हामीसँग अब अस्पताल भवन निर्माणका लागि दुई वटा विकल्प रहेका छन,’ उहाँले भन्नु भयो, ‘पुरानो सम्झौंतालाई स्थगित गरेर नयाँ ठेक्कापट्टा गरी निर्माणमा जुट्ने वा पूर्व सम्झौंता अनुसारको आफ्नो क्षतिपूर्तिसहित ठेक्का तोड्ने ।’ उहाँले नयाँ रेटदरसहित गाउँपालिकाले सहजीकरण र सहयोग गरेमा आफुले तोकिएकै समयमा पुनः अस्पताल भवन निर्माण गर्न तयार रहेको समेत बताउनु भयो ।
अस्पताल नहुँदा अहिले चिङ्गगाडका अधिकांस नागरिकलाई सामान्य उपचारका लागि जिल्ला सदरमुकाम सुर्खेतदेखि नेपालगञ्ज, काठमाडौं र भारतको लखनऊसम्म पुग्नु पर्ने बाध्यता छ । गाउँमा आधारभूत अस्पताल बन्ने खबरले स्थानीय खुशी भएपनि तोकिएको समयमा नबन्दा सर्वसाधारणलाई सास्ती उठाउनु परिरहेको स्थानीय शिक्षक सुवास जिसीले बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २९, शुक्रबार १७:१९‘गौँथली’ को गीत ‘आँखा भरी आँसु’ मा जन्मघर छोड्दाको पीडा
खेलकुद२०८३ जेष्ठ २९, शुक्रबार १०:२९उद्घाटन खेलमा के भयाे ? « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २९, शुक्रबार ०९:४४डा. लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २९, शुक्रबार ०९:३८आर्यन सिग्देल र जुना सुन्दास फिचर्ड भिडियो ‘ऐना फुटेको’ सार्वजनिक









